महेन्द्रनगर १० असार ।
कञ्चनपुरको बेदकोट नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८÷०७९ का लागि ८३ करोड ९२ लाख बढि बजेट ल्याएको छ । बिहीबार ९औँ नगर सभामा उप प्रमुख शुशिला सिहले बजेट तथा प्रमुख अशोक कुमार चन्दले नीति, कार्यक्रम प्रस्तुत गरेका थिए । नगर सभाले प्रमुखले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उप प्रमुख सिहले प्रस्तुत गरेको बजेट पारित गरेको हो । बेदकोट नगरका प्रमुख अशोक कुमार चन्दले आगामी आर्थिक बर्षमा कोरोना महामारी जित्नका लागि स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता राखिएको बताए ।
![](https://deshpati.com/wp-content/uploads/2021/06/205454432_2150345268441366_7559123713883390192_n.jpg)
मेयर चन्दले यसका साथै नगरको समृद्धिका लागि स्वास्थ्यका साथै शिक्षा, पूर्वाधार, उद्यम, रोजगार, पर्यटन लगायतको एकिकृत विकासका योजना ल्याएको बताए । नगर सभाले मुख्य प्राथमिकता शिक्षा , स्वास्थ र पुर्वाधारमा दिइएको छ। नगर अस्पताल निर्माण , कोल्ड स्टोर निर्माण , कालोपत्र सडक निर्माण , पर्यटन पुर्वाधार , सिचाइ बोरिङ्ग, नदि तटबन्द, बेदकोट र सुडा रेडक्रस भवन निर्माण , मेस वायरका योजना ल्याएको छ । यसका साथै प्रारम्भिक बाल शिक्षकहरुलाई बेदकोट नगरपालिकाले मासिक ७ हजार दिने र उपयुक्त बिद्यार्थी संख्या अनिवार्य तोकेको छ ।
![](https://deshpati.com/wp-content/uploads/2021/06/205400269_2150347431774483_4074155552255599578_n-1024x682.jpg)
संघ सरकारले बाल विकासका शिक्षकलाई केन्द्रबाट मासिक ८ हजार र पालिकाले ७ हजार थप्ने निर्णयलाई बेदकोट नगरपालिकाले अंगिकार गरेको छ । नगर प्रमुख चन्दले प्रस्तुत गरेका केही थप योजना यस प्रकार छन । बेदकोट नगर सभाले बेदकोट वडा न ४, वडा न ७ र वडा न १० का नागरिकको माग र आवश्यकता अनुसार भूगोल नमिलेको, जन संख्या र भुगोल ठुलो भएका ३ वटा वडाहरुको सिमाना हेरफेर गर्दै सिमान्कन गर्न सुदुरपशिम प्रदेश र संघिय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
योग हल भवन,बस पार्क, अन्त्येष्टि गृह निर्माण, फोहोर व्यवस्थापन केन्द्र निर्माण,बस पार्क, झोलुङ्गे पुल निर्माण , बिधालय भवन, अक्सिजन प्लाण्ट निर्माण , खेलकुदका संरचना निर्माण , बिधुती करण लगायत नगर बहुबर्षिय आयोजनामा बजेट बिनियोजन गरेको छ। साथै बेदकोट नगर सभाले दलित, आदिवासी जनजाती, अपाङ्गता भएका र बिपन्न गरिब जेहेन्दार बिद्यार्थीहरुलाई छात्रवृत्ति दिएर डाक्टर , पाइलट, ईन्जिनियर , कृषि बिज्ञान , सब ईन्जिनियर , सर्बेछक, स्टाप नर्स लगायत प्राबिधिक क्षेत्रमा पढाएर दक्ष जन शक्ति तयार गर्ने रु ५५ लाख बजेट छुट्टाएको छ ।
![](https://deshpati.com/wp-content/uploads/2021/06/205540530_2150347391774487_6292614759673867464_n-1024x682.jpg)
त्यस्तै कोभिडले रोजगारी गुमाएकालाई कृषि र पशुपालनमा उधमी बनाउने कार्यक्रमका लागि बजेट बिनियोजन गरेको छ। यहाँ उधमी गर्न नचाहने भारतमा रोजगारीका लागि जानै पर्ने भए तथ्यांक संकलन गरेर बिमा गर्न बजेट छुट्टाएको छ ।
कोभिड अस्पताल संचालन गरि स्वास्थ्य सेवा दिन २ जना डाक्टर र स्वास्थ्यकर्मी व्यवस्थापन गर्न र खोप व्यवस्थापन गर्न साथै अक्सिजन प्लाण्ट निर्माण गर्न बजेट बिनियोजन गरिएको छ। वडामा स्वास्थकर्मी थप व्यवस्थापन गर्ने तलब सुबिधा असमान रहेको हुँदा समान पदको समान गर्ने निर्णय गरेको छ।
![](https://deshpati.com/wp-content/uploads/2021/06/205438543_2150345341774692_2544931457672572031_n.jpg)
सामुदायिक बिधालयका निजि स्रोतका शिक्षकहरुको आधारमा बिधालयलाई अनुदानको व्यवस्थापन गर्ने निर्णय गरेको छ। ३ सामुदायिक बिधालयका कर्मचारीको तलबमा नगरपालिकाले १०५००, ७५०० र ३५०० दरले मासिक थप दिने निर्णय गरेको छ। ३ लामो समय देखि कार्यरत स्वास्थ्य स्वयंसेविकाहरुलाई अवकास लिदा एकमुष्ट २ लाख दिने निर्णय गरेको छ । ३ बेदकोट नगरपालिकाको कर्मचारीको सेवा सुबिधा बारे निर्णय गर्ने अधिकार नगर कार्यपालिका लाई दिएको छ ।