सामाजिक सुरक्षा योजनामा जान नेपाल एसबिआई बैकका कर्मचारी अनिच्छुक

महेन्द्रनगर १८ असार । सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा जान नेपाल एसबिआई बैक महेन्द्रनगर शाखाका कर्मचारी पनि अनिच्छुक देखिएका छन् । शुक्रबार एक कार्यक्रम गदैँ नेपाल एसबिआई बैक महेन्द्रनगर शाखाका कर्मचारीले योगदानमा आधारीत सामाजिक सुरक्षा योजनामा जान असमती जनाएको हुन् ।


उनिहरुले अहिले कै अवस्थामा सुरक्षा कोषमा जादाँ खाईपाई आएको सेवा सुविधा समेत कटौती हुने भएकोले सुरक्षा योजनामा जान असहती जनाएको हुन् । नेपाल एसबीआई बैक महेन्द्रनगर शाखाका म्यानेजर किशोर रिजालले योजनाबारे स्पष्ट ऐन कानुन तथा नीति नबन्दाँसम्म आफुहरु कोषमा आवद्ध हुन नसक्ने बताए । ‘कोषसँग बाहिर भनिएको जस्तो भएकोे सेवा सुविधा दिन स्पष्ट ऐन, कानुन छैन्, अहिलेकै अवस्थामा कोषमा आवद्ध हुदाँ हामीले पाईरहेको सेवा सुविधा पनि कटौती हुने अवस्था छ ।’ बैर्कसले हाल पाईरहेको सुविधा कुनै कटौती नहुने गरि स्पष्ट नीति बनेमा आफुहरु कोषमा जान तयार रहेको उनको भनाई छ ।


त्यस्तै बैकको कर्जा शाखाका भुपेन्द्रमान श्रेष्ठले पनि अहिलेकै अवस्थामा कोषमा आवद्ध हुदाँ आफुले पाईरहेको सेवा सुविधा समेत कटौती हुने बताए । हालकै अवस्थामा सामाजिक सुरक्षा कोषमा जाँदा बैंकिङ क्षेत्रका कर्मचारीले खाइपाई आएको सुविधा पनि कटौती हुने भएकाले तत्कालका लागि बाध्य गर्न नहुने उनको भनाई छ ।


त्यस्तै कर्जा शाखाकै कर्मचारी सुरज भट्टले पनि कोषको योजनामा आफुहरुको असहमती रहेको बताए । खाइपाई आएका सेवासुविधा कटौती हुने गरी जबर्जस्ती सामाजिक सुरक्षा योजनामा सहभागी गराउन कोषले अनुचित दबाब दिएको दिन नहुने उनको भनाई छ ।

‘कर्मचारीहरूले हाल पाइरहेको सुविधा नघट्ने सुनिश्चितता खोजेका छन्,’ कर्मचारी भट्टले ‘हालकै अवस्थामा कोषले त्यो सुनिश्चितता गर्न सकेको छैन ।’ हाल बैंक तथा वित्तीय संस्थाका कर्मचारीले परिवारकै बिमा सुविधा पाउँछन । तर कोषमा आबद्ध भएपछि सम्बद्ध कर्मचारीको मात्र बिमा सुविधा पाइन्छ । हाल कर्मचारी सञ्चय कोषबाट कर्मचारीले सस्तो ब्याजदरमा विभिन्न कर्जा सुविधा पाउँछन् । तर, सामाजिक सुरक्षा कोषमा त्यस्ता कर्जाको सुनिश्चितता नभएको बैर्कसको दावि छ ।

ताजा समाचार