सामाजिक सुरक्षा योजना जान बैकर्स क्लब कञ्चनपुर अनिच्छुक

महेन्द्रनगर १८ असार । सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा जान बैकर्स क्लब कञ्चनपुर पनि अनिच्छुक देखिएको छ । शुक्रबार महेन्द्रनगरमा एक कार्यक्रम गदैँ बैकर्स क्लब कञ्चनपुर महेन्द्रनगरले कर्मचारीले योगदानमा आधारीत सामाजिक सुरक्षा योजनामा जान असमती जनाएको हो । बैकर्स क्लबले अहिले कै अवस्थामा सुरक्षा कोषमा जादाँ खाईपाई आएको सेवा सुविधा समेत कटौती हुने भन्दैँ सुरक्षा योजनामा जान असहती जनाएको हो ।

बैकर्स क्लब कञ्चनपुरका अध्यक्ष एंवम् ज्योती विकास बैक महेन्द्रनगर शाखाका म्यानेजर लक्ष्मण सिंह चौक्यालले सामाजिक सुरक्षा योजना विभेदपुर्ण रहेको बताए । उनले सुरक्षा योजनामा अन्य क्षेत्रलाई नसमेटी व्यवस्थी रुपमा रहेको बैकिङ क्षेत्रलाई जबरजस्ती सुरक्षा योजनामा आवद्ध गर्न खोजेको बताए । लगानी सुरक्षाको ग्यारेन्टी नगरी र स्पष्ट कानुन समेत बनाई कोषले जबरजस्ती आफुलाई खाईपाई आएको सुविधा समेत कटौती हुनेगरि योजनामा आवद्ध गराउन खोजेको उनको भनाई छ ।

साथै कर्मचारीको हालको सेवा सुविधामा कटौति नगरी संवैधानीक व्यवस्था अन्र्तगत सुरक्षा कोषको योजना अघि बढाए आफुहरु त्यसमा जान तयार रहेको अध्यक्ष चौक्यालले बताए । योजनाबारे स्पष्ट ऐन कानुन तथा नीति नबन्दाँसम्म आफुहरु कोषमा आवद्ध हुन नसक्ने कञ्चनपुरका बैकर्सहरुको भनाई छ । कोषसँग बाहिर भनिएको जस्तो भएकोे सेवा सुविधा दिन स्पष्ट ऐन, कानुन छैन्, अहिलेकै अवस्थामा कोषमा आवद्ध हुदाँ हामीले पाईरहेको सेवा सुविधा पनि कटौती हुने अवस्था रहेको बैकर्सको दावि छ ।


एसबिआई बैंकका कर्जा शाखाकै कर्मचारी सुरज भट्टले पनि कोषको योजनामा आफुहरुको असहमती रहेको बताए । खाइपाई आएका सेवासुविधा कटौती हुने गरी जबर्जस्ती सामाजिक सुरक्षा योजनामा सहभागी गराउन कोषले अनुचित दबाब दिएको दिन नहुने उनको भनाई छ ।


कर्मचारीहरूले हाल पाइरहेको सुविधा नघट्ने सुनिश्चितता खोजेका छन् । हालकै अवस्थामा कोषले त्यो सुनिश्चितता गर्न सकेको छैन । हाल बैंक तथा वित्तीय संस्थाका कर्मचारीले परिवारकै बिमा सुविधा पाउँछन । तर कोषमा आबद्ध भएपछि सम्बद्ध कर्मचारीको मात्र बिमा सुविधा पाइन्छ । हाल कर्मचारी सञ्चय कोषबाट कर्मचारीले सस्तो ब्याजदरमा विभिन्न कर्जा सुविधा पाउँछन् । तर, सामाजिक सुरक्षा कोषमा त्यस्ता कर्जाको सुनिश्चितता नभएको बैर्कसको दावि छ । कोषले आफुहरुको सर्त नमाने अदालत जाने समेत बकर्सले चेतावनी समेत दिएका छन् ।

ताजा समाचार