भीमदत्तमा सुरु भयो जग्गा नापीको काम, छिट्टै लालपुर्जा वितरण गरिने


महेन्द्रनगर ३ साउन
भीमदत्त नगरपालिकामा जग्गाको नाप नक्सा सुरु भएको छ । भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अवयवस्थित बसोबासीलाई व्यवस्थित बनाउन आइतबारदेखि नाप नक्साको काम सुरु भएको हो ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले वडा नं. १६ मा आयोजित एक कार्यक्रममा नाप नक्साको शुभारम्भ गरे । वडा नं. १६ मा लगत संकलनदेखि अनय विवरण संकलन तथा अद्यावधिक गर्ने कार्य सम्पन्न भएपनि नापीको काम सुरु भएको हो ।
नगर प्रमुख विष्टले नगरपालिकाका सबै वडामा लगत संकलन तथा अद्यावधिकको काम भइरहेकाले नगर क्षेत्रभरिमा छिट्टै नापी गरेर भूमिहिनहरुलाई जग्गाधनी पुर्जा उपलब्ध गराइने बताए । एक वर्षअघि नगरपालिकामा भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना भएर निषेधाज्ञाको अवधीमा समेत धमाधम काम गरेर अहिलेको अवस्था आएको उनले बताए ।
‘अब वडा नं. १३ मा विगतको आयोगले अधुरो छाडेको काम पनि तत्काल सुरु गरिनेछ,’ नगर प्रमुख विष्टले भने, ‘उक्त क्षेत्रका भूमिहीनहरुलाई पनि जग्गाधनी पुर्जा दिनेछौं ।’ वडा नं. १३ मा यस अघिको आयोगले लगत संकलनदेखि विभिन्न कार्य गरेको छ । नगर प्रमुख विष्टले जनतालाई जमिनको मालिक बनाउने पहिलो लक्ष्यका साथ नगरपालिका अघि बढिरहेको बताए ।
‘अब जनतालाई साँच्चिकै रुपमा जग्गाको मालिक बनाउने प्रक्रिया सुरु गरिएको छ, जग्गा नाप जाँचपछि जग्गाधनी पूर्जा वितरण हुन्छ’ नगर प्रमुख विष्टले भने ।
भीमदत्त नगरपालिकामा ८ हजार भन्दा बढी भूमिहिन, भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित परिवारले जग्गाधनी पूर्जा पाउने भएका छन् । उच्च स्तरीय भूमि आयोगसित गत वर्ष सम्झौता गरी जग्गाधनी वितरण प्रक्रिया सुरु गरिएको थियो ।
भीमदत्त नगरपालिका सबै १९ ओटै वडामा लगत संकलन गरिएको छ । नगरपालिकामा आयोगको कार्यालय स्थापना गरी जग्गाधनी पूर्जा वितरण कार्य गरिएको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रवक्ता हिमाल बहादुर चन्दले नगरका सबै भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउँदै लालपुर्जा दिलाउनका लागि काम शुरु भएको बताए ।
‘हाम्रो नगरमा भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीका लागि जमिन नाप्ने काम शुरु भएको छ, ‘प्रवक्ता चन्दले भने, ‘अब सबै जनतालाई लालपुर्जा दिलाउँछौँ ।’
जग्गा नाप नक्साङकन उद्घाटन गदैै भीमदत्त नगरका नगर प्रमुख सुरेन्द्र विष्टले संविधानमा उल्लेख भए अनुरुप सबै नागरिकलाई जमिनको मालिक बनाईने बताए ।

यसैविच मेयर विष्टले गरिब, विपन्नका लागि निर्माण भएको आवास समेत हस्तान्तरण गरिएको छ । उद्घाटन तथा हस्तान्तरण कार्यक्तममा भीमदत्त नगरका जनप्रतिनिधि सहभागी भएका छन् ।

भीमदत्त नगरपालिकाले भूमिहिन, भूमिहिन दलित र अव्यवस्थित बसोबासीको काम सुरु भएसंगै बषौँदेखि जग्गाधनी पूर्जा र जमिन विहिन नागरिक अब जमिनको स्वामित्व पाउने भएपछि हर्षित भएका छन ।

ताजा समाचार