भीमदत्त नगरपालिकाले दियो व्यवसाय करमा ५ प्रतिशत छुट, जरिवाना पनि नलाग्ने

महेन्द्रनगर ११ साउन ।
कञ्चनपुरको भीमदत्र नगरपालिकाले गत आर्थिक वर्षको राजस्व बुझाउन बाँकी रहेका करदातालाई समय थप गरेको छ ।

नगरपालिकाले कोरोना संक्रमणका कारण गत आर्थिक वर्ष २०७७\७८ को राजस्व बक्यौता रहेका करदातालाई २०७८ भदौ ५ गतेसम्म समय दिएको हो ।

उक्त अवधिमा कर बुझाउने करदातालाई व्यवसाय करमा ५ प्रतिशत छुटे दिने नगरपालिकाले जनाएको छ ।


भीमदत्त नगरपालिकाको कार्यालयद्धारा सोमबार जारी सुचनामा भदौ ५ गते सम्ममा बक्यौता राजस्व बुझाउने करदातालाई कुनै जरिवाना नलाग्ने समेत उल्लेख गरिएको छ ।

त्यस्तै नगरपालिकाले समयमै कर तिरेर सुविधा लिन समेत नगरवासीमा आग्रह गरेको छ ।


यस्तो छ सुचना ।

ताजा समाचार