भीमदत्त नगरपालिकाद्धारा २३ करोड ३१ लाख आन्तरिक राजस्व संकलन

महेन्द्रनगर ११ साउन ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले गत आर्थिक वर्षमा २३ करोड ३१ लाख ७२ हजार ७ सय रुपयाँ आन्तरिक आय (राजस्व) संकलन गरेको छ । भीमदत्त नगरपालिकाको राजस्व नीति तथा प्रशासन उप शाखाका अधिकृत नर बहादुर शाहले नगरपालिकाले आर्थिक वर्ष २०७७\७८ मा विभिन्न विभिन्न श्रोतबाट उक्त राजस्व संकलन भएकोे बताउनु भयो ।


उहाँका अनुसार गत आर्थिक वर्षमा नगरपालिकाले व्यवसाय कर १० करोड ३७ लाख ५४ हजार, सम्पत्ति कर ४५ लाख २५ हजार, मालपोत कर ५४ लाख ७३ हजार संकलन गरेको हो । त्यस्तै बहाल कर १५ लाख ७३ हजार र सरसफाई शुल्क १० लाख १९ हजार र बाँकी अन्य श्रोतबाट आम्दानी गरेको नगरपालिकाले जनाएको छ ।


गत आर्थिक वर्षमा कोरोना संक्रमणका कारण पुरै राजस्व संकलन हुन नसकेकाले उक्त राजस्व चालु आर्थिक वर्षमा पनि संकलन भईरहेको उनको भनाई छ । राजस्व संकलन हुने क्रम जारी रहेकोले आन्तरिक आयमा अझै वृद्धी हुने नगरपालिकाले अपेक्षा लिएको छ ।


नगरपालिकाले आर्थिव वर्ष २०७६÷७७ मा २० करोड ३६ लाख २० हजार राजस्व संकलन भएको थियो । नगरपालिकाले राजस्व नीतिमा सुधार गदैँ र करको दायरा समते फराकिलो बनाएर वर्षेनी आन्तरिक आयमा वृद्धी गदैँ लगेको छ ।


व्यवसाय करमा ५ प्रतिशत छुट, जरिवाना पनि नलाग्ने


भीमदत्र नगरपालिकाले गत आर्थिक वर्षको राजस्व बुझाउन बाँकी रहेका करलदातालाई समय थप गरेको छ । नगरपालिकाले कोरोना संक्रमणका कारण गत आर्थिक वर्ष २०७७\७८ को राजस्व बक्यौता रहेका करदातालाई २०७८ भदौ ५ गतेसम्म समय दिईएको छ । उक्त अवधिमा कर बुझाउने करदातालाई व्यवसाय करमा ५ प्रतिशत छुटे दिने नगरपालिकाले जनाएको छ ।


भीमदत्त नगरपालिकाको कार्यालयले सोमबार जारी सुचनामा भदौ ५ गते सम्ममा बक्यौता राजस्व बुझाउने करदातालाई कुनै जरिवाना नलाग्ने समेत उल्लेख गरिएको छ । त्यस्तै नगरपालिकाले समयमै कर तिरेर सुविधा लिन समेत नगरवासीमा आग्रह गरेको छ ।

ताजा समाचार