जीवन विकास लघुवित्तको शेयरमा सर्वाधिक १३ लाख भन्दा बढी खरीद माग

साउन १४, काठमाडौं । बिहीवारदेखि कारोबारमा आएको जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयरमा सर्वाधिक शेयर खरीद माग रहेको छ ।

कम्पनीको शेयरमा १३ लाख ६२९ कित्ता शेयर खरीद माग रहेको हो । कम्पनीको प्रतिकित्ता रू. ९८९ दशमलव १० मा कारोबार भइरहेको छ । कम्पनीको शेयर प्रि–ओपन सेसनमा प्रतिकित्ता रू. ९१४ मा शुरु भएको थियो । यो समाचार तयार पर्दासम्म कम्पनीको ८० कित्ता शेयर खरीदविक्री भएको छ । कम्पनीले साउन १३ गते बुधवार ६० लाख ८४ हजार कित्ता आईपीओ सूचीकृत गराएको हो ।

नेप्से कम्पनीको पहिलो कारोबारको लागि रू. ३०५ दशमलव २७ देखि ९१५ दशमलव ८१ सम्म ओपन रेञ्ज तोकेको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

ताजा समाचार