पुर्व राज्यमन्त्री रावलद्धारा भम्केनी धाममा प्राचिन सिद्धनाथ मन्दीरको शिलान्यास

महेन्द्रनगर १५ साउन ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–८ भम्केनी धाममा प्राचिन सिद्धनाथको मन्दीर निर्माण कार्यको शिलान्यास गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारका पुर्व राज्यमन्त्री एंवम् प्रदेश सभा सदस्य प्रकास रावलले शुक्रबार शिलान्यास गरेका हुन् ।


प्राचिन मन्दीर जिर्ण बन्दै गएपछि त्यसको संरक्षणसहित नयाँ मन्दीर निर्माण गरिन लागिएको हो । सिद्धनाथ बैजनाथ मन्दीर निर्माण समितिले निर्माण गर्न लागेको उक्त मन्दीरको पुर्व राज्यमन्त्री रावलले शिलान्यास गरेका हुन् ।


समितीले चन्दा संकलन सहित विभिन्न निकायले सहयोग गर्ने आश्वसनमा मन्दीर निर्माण गरिन लागिएको समितिले जनाएको छ । मन्दीरको शिलान्यास गदैँ पुर्वमन्त्री रावलले प्राचिन सम्पदाको संरक्षणसहित नयाँ मन्दीर निर्माण गरिन लागिएको बताए । उनका अनुसार भम्केनीलाई धार्मीक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि आर्कषक पुर्वाधार निर्माण गर्ने योजना रहेको बताए ।


उनले मन्दीर निर्माणका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । ‘भम्केनी धाममा नेपालकै एतिहासिक क्षेत्र हो ।, यहाँ अष्ठ धातुको ७५ फिट अग्लो नेपाल आमाको मुर्ती निर्माण गरिन लागिएको छ ।’ पुर्वमन्त्री रावलले भने ‘यस क्षेत्रलाई धार्मीक पर्यटकीय क्षेत्रको विकास गर्ने योजना रहेको छ, त्यसका लागि प्रदेश सरकारले सहयोग गर्छ ।’ साथै प्रदेश सरकारले समग्र क्षेत्रको विकासलाई अघि बढाएको उनको भनाई छ ।


मन्दीर निर्माण समितिका सचिव जय सिंह धामीले स्थानीयबाट चन्दा संकलन गरि मन्दीरको निर्माण कार्य सुरु गरिएको बताए । उनका अनुसार पुरातत्व विभागबाट मन्दीर निर्माणका लागि ईष्टमेट र डिजाईन गरि काम अघि बढाईएको हो । स्थानीयले मन्दीर निर्माणका लागि दुई लाख २२ हजार चन्दा संकलन गरेका छन् ।


करिब ४९ लाख ५५ हजार खर्च अनुमान गरिएको उक्त मन्दीर निर्माणका लागि बाँकी रकम प्रदेश सरकार, नगरपालिका र वडा कार्यालय र अन्य निकायबाट सहयोगको अपेक्षा गरिएको सचिव धामीको भनाई छ ।
उनका अनुसार मन्दीर शिलान्यासका क्रममा पुर्वमन्त्री रावलले प्रदेश सरकारबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । भम्केनीलाई नेपालकै चौँथो धामको रुपमा विकास गर्न पुर्वाधार निर्माण गरिन लागिएको उनको भनाई छ ।

ताजा समाचार