२०४८ सालमा दार्चुलाबाट निर्वाचित पूर्व सांसद अकबर सिंहको निधन

दार्चुला । २०४८ सालमा दार्चुला बाट निर्वाचित पूर्व सांसद तथा नेपाली काँग्रेसका नेता अकबर बहादुर सिंहको ९० वर्षको उमेरमा निधन भएको छ ।

मार्मा गाउँपालिका वडा नम्बर ३ घर भइ हाल काठमाण्डौँमा बस्दै आएका सिंहको शनिबार विहान निधन भएको नेपाली काँग्रेसका नेताहरुले फेशबुक मार्फत जनाएका छन् ।

निधनप्रति विभिन्न दलका नेता, कार्यकर्ता र शुभचिन्तकहरुले दुख व्यक्त गरेका छन् ।

ताजा समाचार