यूनियन लाईफ इन्स्योरेन्सको आईपीओ सुचिकरण, कति पाउला त ओपन रेञ्ज ?

काठमाडौं । यूनियन लाईफ इन्स्योरेन्सको आईपीओ डिम्याट खातामा आएको छ ।

कम्पनीको आईपीओ यूएलआई स्टक कोडबाट डिम्याट खातामा आएको हो । कम्पनीको आईपीओ नेप्सेमा सूचिकरण प्रक्रियामा रहेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिशेयर न्युनतम ११५ रुपैयाँ १३ पैसादेखि र अधिकतम ३४५ रुपैयाँ ३९ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ ।

नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।उक्त कम्पनीको आर्थिक वर्ष २०७५र ७६ को प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ १३ पैसा रहेको छ ।

सोही नेटवर्थको तीन गुणा ३४५ रुपैयाँ ३९ पैसा हुन्छ । कम्पनीको आर्थिक वर्ष २०७६र ७७ को अपरिष्कृत वित्तीय विवरण भएको हुनाले आर्थिक वर्ष २०७५र ७६ को नेटवर्थबाट ओपनिङ रेञ्ज तोकिनेछ ।

कम्पनीको आईपीओ गत असार ३१ गते बाँटफाँट भएको थियो । योग्य २१ लाख १२ हजार ७९९ आवेदनमध्ये गोलाप्रथाद्वारा ५ लाख ८० हजार जनाले १० कित्ताका दरले शेयर पाएका थिए ।नयाँ जीवन बीमा कम्पनीको रुपमा कम्पनीले २०७४ साल असार ६ गतेदेखि औपचारिक रुपमा कारोबार शुरु गरेको हो ।

ताजा समाचार