सुजुकी एक्सेस–१२५ स्कुटर नेपाली बजारमा, महेन्द्रनगरमा पनि उपलब्ध

महेन्द्रनगर १७ साउन ।
सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक भिजी अटोमोबाइल्स प्रालीले बीएस–६ प्रविधिको सुजुकी एक्सेस–१२५ स्कुटर नेपाली बजारमा भित्र्याएको छ । उक्त स्कुटर सुजुकीको बहुप्रतिक्षित स्कुटर हो ।
यो भारतीय बजारमा टप ३ मा रहन सफल स्कुटर मध्यमा पर्दछ । सुजकी एक्सेस स्कुटर विगतमा नेपालमा पनि मध्यम वर्गकाबीच र व्यावसायिक प्रयोजनमा निकै रुचाइएको स्कुटरमा परेको कम्पनीले बताएको छ । आईतबार महेन्द्रनगरको आधिकारी सुजुकी डिलर ठकुराठी ईन्टरप्राजेज अटोमुबाईलस्ले एक्सेस–१२५ स्कुटरको लञ्च गरेको छ ।

महेन्द्रनगर डिलरका प्रमुख दान सिंह ठकुराडीले सेवाग्राहीको रोजोईमा परेको सुजुकी स्कुटर नयाँ मोडेल बजारमा आएको बताए । उनका अनुसार यसमा आगाडि ग्यास सिलिन्डर अटाउने, फराकिलो सिट छ । साथै अगाडिको भागमा स्टिलको कभर समेत रहेको छ । यसले गर्दा यो दैनिक प्रयोजनका लागि निकै नै उपयोगी रहेने विश्वास लिइएको छ ।
उक्त स्कुटरमा फोर स्ट्रोक सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन जडान गरिएको छ । नयाँ परिमार्जित एक्सेस १२५ स्कुटरमा भारत स्टेज ६ अर्थात बिएस ६ प्रविधि जडान गरिएको छ। एफआई प्रविधि समेत रहेको हुँदा उत्कृष्ट माइलेज आउने अनुमान छ ।
२ भल्वयुक्त इन्जिन प्रयोग भएको यस स्कुटरमा इन्जिनले ६७५० आरपिएममा ८.७ पीएस पावर र ५५०० आरपीएममा १० एनएम टर्क जेनेरेट गर्छ ।
कम्पनीका अनुसार एलइडी हेडल्याम्प तथा बाहिरबाटै पेट्रोल भर्न सकिने सुबिधाले यसको सजावटमा समेत आकर्षण थपेको छ । यसमा सुजुकी स्टार्ट सिस्टम प्रयोग गरिएको छ। साथै किक स्टार्ट दुबै व्यवस्था गरिएको छ । सो स्कुटरमा २२ लिटर बराबरको स्टोरेज राखिएको छ। जसमा मोबाइल चार्जिङ प्वाइन्ट समेत जडान गरिएको छ। दुबै चक्कामा अलोय ह्विल प्रयोग गरिएको छ। स्कुटरको जम्मा तौल १०३ किलोग्राम छ ।


१६० एमएमको ग्राउन्ड क्लियरेन्स भएकाले यो सेग्मेन्टमै उत्कृष्ट प्रोडोक्ट गनिने कम्पनीले बताएको छ। पूर्ण डिजिटल मिटरको साथमा क्लासिक स्टाइल, इन्जिन डाइग्नोसिस, ब्याट्री डाइग्नोसिस सहित ट्रिप मिटर तीन कलरमा उपलब्ध छन्। सुजुकी एक्सेस १२५ सेतो, निलो, खैरो र कालो गरी चार रङमा उपलब्ध छ ।

ताजा समाचार