पूर्वमन्त्री साउँदद्धारा कृष्णपुर नगरपालिकालाई अक्सिजन कन्सनट्रेटर सहयोग

महेन्द्रनगर । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री एनपी साउँदले कञ्चनपुरको कृष्णपुर नगरपालिकालाई अक्सिजन कन्सनट्रेटर सहयोग गरेका छन् ।

विश्वमहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको तेस्रो लहरको जोखिमलाई मध्यनजर गर्दै पूर्वमन्त्री साउँदले नगरपालिकालाई अक्सिजन कन्सनट्रेटर र अन्य स्वास्थ्य सामाग्री सहयोग गरेको साउँदका स्वकीय सचिव दिपक जोशीले बताए ।

उनकाअनुसार मंगलबार नगरपालिकाको स्वास्थ्य शाखालाई पाँच अक्सिजन कन्सनट्रेटर सहयोग गरिएको हो । ‘आज कृष्णपुरलाई सामान हस्तान्त्रण गरियो ।’जोशीले भने ‘भोली र पर्सि शुक्लाफाँटा र बेदकोट नगरपालिकालाई पनि स्वास्थ्य सामाग्री वितरण गर्ने योजना रहेको छ ।’

यो भन्दा पहिलापनि पूर्वमन्त्री साउँदले कोरोना महामारीको संक्रमण न्यूनिकरणकालगि कञ्चनपुरका विभिन्न स्थानिय तहलाई अक्सिजन कन्सनट्रेटर,बेड,अक्सिमिटर,माक्स,सेनिटाइजर लगाएतका स्वास्थ्य सामाग्री सहयोग गरेका थिए ।

ताजा समाचार