पार्टीलाई एकतावद्ध गर्दै जनवर्गाीय संगठन परिचालन गर्ने एमाले कञ्चनपुको निणर्य

महेन्द्रनगर २७ साउन ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को जनवर्गाीय संगठनको जिल्ला भेला सम्पन्न भएको छ । बुधबार पार्टी अध्यक्ष विर बहादुर थापा(पातल) को अध्यक्षमा जनवर्गीय संगठनको जिल्ला भेला सम्पन्न भएको हो । पार्टी कार्यालयमा भएको जनवर्गाीय संगठनको भेलाले पार्टीलाई एकतावद्ध गदैँ जनवर्गीय संगठनलाई परिचालन गर्ने निर्णय गरेको छ ।

नेकपा एमाले आवद्ध विभिन्न जनवर्गाीय संगठनको भेलामा पछिल्लो राजनितिक घटनाक्रमबारे छलफल गरिएको छ ।
नेकपा एमाले कञ्चनपुरका सचिव सुरेन्द्र विष्टले पार्टीलाई एकतावद्ध रहेको सन्देश जनवर्गीय संगठनलाई वडा र गाउँ स्तरसम्म परिचालन गर्ने निणर्य गरिएको बताए । उनका अनुसार केपी नेतृत्वको केन्द्रीय पार्टी कमिटिका निणर्यलाई आत्मसाथ गदैँ संगठनका गतिविधिलाई अघि बढाउईने छ ।

भेलाले भदौ २० गतेसम्म सम्पुर्ण जनवर्गीय संगठनको जिल्ला भेला गरि सक्ने निणर्य पनि गरेको छ । त्यस्तै एमालेले शेर बहादुर देउवा नेतृत्वको सरकारले खारेज गरेको भुमी सम्बन्धी समस्या समाधान आयोग विघटन विरुद्ध आन्दोलन गर्ने निणर्य गरेको छ । अखिल नेपाल महिला संघकी अध्यक्ष कलसा महराको संयोजकत्वमा बृहत सभासहित आयोग विघटनको विरोध जनाउने कार्यक्रम रहेको छ । भेला उपस्थित जनवर्गीय संगठनको नेताहरुले पार्टी गतिविधिलाई बढाउनु पर्नेमा जोड दिएका छन् । पार्टीको विचार र सिद्धान्तका बारेमा कार्यकर्ता प्रशिक्षण दिन समेत उनिहरुले जिल्ला नेतत्वलाई आग्रह गरेका छन् ।

अनेरास्ववियु केन्द्रीय सदस्य कमल रोकायाले अनेरास्ववियु सबैभन्दा सक्रिय जनवर्गीय संगठनको रुपमा रहेको भन्दै जिल्ला कमिटिलाई तत्काल निर्माण गर्नु बताए । उनले पार्टीको निणर्य र जिम्मेवारीलाई संगठनले अग्रपंङतीमा रहेर बहन गर्न तयार रहेको समेत प्रतिवद्धता जनाए । त्यस्तै जिफन्ट सुदूरपश्चिम उपाध्यक्ष चन्द्रराज विकले पनि कमिटी फर्मेसनमा ढिलाई नगर्न आग्रह गरे । किसान महासंघका राजु बुढाले पनि पार्टीका गतिविधि बढाउन संगठन परिचालन गर्नुपर्ने बताए । साथै स्थानीय तहको सरकार बनेपछि कृषी क्षेत्रको विकास तिव्र रुपमा भएको समेत उनले बताए ।

भेलामा संघिय सांसद एंवम एमाले नेता नर बहादुर धामीले देशमा केपी ओली नेतत्वको एउटा मात्रै एमाले रहेको दावि गदैँ पार्टीलाई क्रियाशिल बनाउन जनवर्गीय संगठनको परिचालन आवश्यक रहेको बताए । भेलामा केही जनवर्गीय संगठनका नेताले भने पार्टीका वरिष्ठ नेता माधव नेपाल बिनाएको एमाले भएपनि अघि बढ्नु पर्ने धारणा समेत राखेको थिए ।
पार्टी विभाजनको संघारपछिको एकताले पार्टी भित्र अन्र्तर विरोध झनै बढ्ने र चुनावमा पार्टीका उम्मेदवारलाई असहयोग हुन सक्ने उनिहरुको बुझाई छ । नेकपा एमाले कञ्चनपुरका अध्यक्ष विर बहादुर थापा –पातल)ले नेकपा विभाजनपछि एमाले नयाँ ठाउँबाट सुरु भएको बताए । उनले विगतको अवस्थालाई भन्दा पनि पार्टीलाई एकतावद्ध गरि संगठनका गतिविधिलाई बढाईने बताए । साथै उनले आफु पार्टी केन्द्रीय कमिटिको निणर्य अनुसार काम गर्ने बताउँदै पार्टी बाहिर रहेकालाई पनि समेट्दैँ संगठनलाई बलियो बनाउन जनवर्गीय संगठनलाई निर्देशन समेत दिए ।

ताजा समाचार