‘भीमदत्त समृद्धीको यात्रामा अघि बढेको छ’: नगर प्रवत्ता चन्द

भीमदत्त ०१ भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले विकास निर्माण कार्यलाई तिव्रताका साथ अघि बढाईरहेको छ । भीमदत्तलाई देशकै एक उत्कृष्ट पालिका बनाउने र भविष्यमा उप–महा–नगरपालिका बनाउने योजनाकासाथ नगरपालिकाको सिङ्गो टीम लागि परेको नगर प्रवत्ता हिमाल चन्दले बताउनु भएको छ । उहाँले नगरपालिका समृद्धीकोे यात्रामा अघि बढेको बताएका छन् ।
‘स्थानीय तहको सरकारपछि यस क्षेत्रमा विकासले मुहार फेरेको छ ।’ नगर प्रवत्ता चन्दले भन्नुभयो ‘विशेष गरि भौतिक पुर्वाधार, सामाजिक तथा आर्थिक समुन्नतीसँगै नगर समृद्ध बन्ने दिशामा अघि बढेको छ ।’ उहाँका अनुसार नगरपालिकाले स्थानीय तहको सरकार आएपछि समृद्ध भीमदत्तको परिकल्पना सहित काम सुरु गरेको थियो । जसलाई मुर्त रुप दिन २५ वर्षे गुरु योजनाकासाथ साथ नगरपालिकाले काम गरिरहेको छ ।

‘नगरपालिकाले विकासको मोडेल तयार परेको छ, सोही अनुसार काम पनि जारी छ ।’ प्रवत्ता चन्दले भन्नुभयो ‘हामीले समृद्ध नगरका खाका तयार गरेका छौँ, जसमा धेरै काम पनि भईसकेको छ, अब त्यसैलाई निरन्तरता दिदैँ जाने हो भने नगरपालिका समृद्ध बन्छ ।’ नगरपालिकाले दुरगामी महत्वका योजनालाई अघि सारेको र त्यसको कार्यान्वय पक्षलाई दृढताका साथ अघि बढाउनु पर्ने उहाँको भनाई छ ।
नगरपालिकाले नगर सबै क्षेत्रलाई सडक पुर्वाधार र न्युनतम आधारभुत संरचनालाई वडा स्तरसम्म विस्तार गरेको उहाँको दावि छ । जनप्रतिनिधि आईसकेपछि वषौँ देखि सडक, विद्युत नपुगेका ठाँउमा अहिले पुगेको छ, नयाँ सडकको ट्र¥याक खोल्नेसँगै स्तरोन्नतीको काम भएको बताउँदै नगर प्रवत्ता चन्दले भन्नुभयो ‘जनताले चाहाना अनुसार विकासको अनुभुती हुने गरिका काम गरिरहेका छौँ ।’
उहाँका अनुसार नगरपालिकाले सबै क्षेत्रलाई जोड्ने गरि नगर भित्रि र बाह्य चक्रपथ निर्माण गरिरहेको छ । चक्रपथ पुर्ण रुपमा निर्माण भईसकेपछि नगर बस सञ्चालनमा ल्याईनेछ । वषौँ देखि सडकबाट बञ्चीत रहेको उत्तरी क्षेत्रमा जैविक धार्मीक पर्यटन मार्ग निर्माण गरि त्यस क्षेत्रका जनताको जनजिविकामा सुधार ल्याएको छ । जसलाई सुदूरपश्चिम प्रदेश सरकारले कर्णालीसम्म जोड्न गरि महत्वका साथ अघि बढाएको छ । भने संघिय सरकारले पनि एक निर्वाचन क्षेत्र, एक रणनीति सडक अन्र्तगत कालोपत्रेका लागि प्रक्रिया अघि बढाएको छ ।

त्यस्तै भीमदत्तकै दुर्गम क्षेत्र मानिने खल्ला मसेठ्ठीमा सडक, विद्युत र सञ्चारको सुविधा पु¥याईएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन नगरका पर्यटकीय क्षेत्रमा सडक निर्माणसँग अन्य आवश्यक पुर्वाधार निर्माण गरिएको छ ।
एक वडा एक उद्यान कार्यक्रम पनि सञ्चालन भईरहेको छ । त्यस्तै नगरपालिकाले सबै वडामा आफ्नै कार्यालय भवन निर्माण गरिरहेको छ । हालसम्म पाँच वडाले आफ्नै कार्यालयमार्फत सेवा दिईरहेका छन भने अन्य कार्यालयहरु निर्माण कार्य जारी रहेको नगरपालिकाले जनाएको छ ।

त्यस्तै नगरपालिकाले हरेक वडामा आधारभुत स्वास्थ्य सेवाको पहुच पु¥याएको छ । जस अन्र्तगत सबै वडामा आधारभुत स्वास्थ्य केन्द्र तथा शहरी स्वास्थ्य केन्द्रलाई सञ्चालनमा ल्याईएको छ । नगरपालिकाले शिक्षा, स्वास्थ्य, पुर्वाधार लगायतको विकास निर्माणका योजना पनि अघि बढाएको छ । नगरपालिकाले शिक्षा क्षेत्रको विकासका लागि शिक्षा सुधारका लागि उच्च स्तरीय कार्यदल समेत गठन गरि प्रतिवेदन तयार गरेको छ । कार्यदलले नगरपालिकाले समग्र नगरको शिक्षा सुधारका लागि आवश्यक सुझाव दिएको छ । वर्षौदेखि हुन नसकेको दरबन्दी मिलान पनि नगरपालिकाले यसै गत आर्थिक वर्षमा सम्पन्न गरेको छ ।
त्यस्तै नगरपालिकाले कृषी क्षेत्रको विकासका लागि यान्त्रीकरण र व्यवसायीकरणमा जोड दिएको छ । विभिन्न संघ संस्थाहरुसँगको सहकार्यमा नगरपालिकाले कृषी उत्पादन बढाउन परियोजना सञ्चालन गरेको छ भने कष्टम हायरिङ सेन्टर र बिउ प्रशोधन केन्द्र पनि निर्माण गरेको छ । ‘नगर पालिकाले एक वडा एक उत्पादन’को नीतिलाई अघि सारेको छ । त्यस्तै बिना धितो बिना ब्याज मेयर उद्यमशिलता कार्यक्रमलाई सञ्चालन गरि पाँच लाखसम्म ऋण उपलब्ध गराउन प्रक्रिया अघि बढाईएको छ ।
त्यस्तै नगरपालिका प्रगतिशिल कर प्रणालीलाई व्यवस्थीत गदैँ आन्तरिक आयमा पनि वर्षे वृद्धी गदैँ लगेको छ । स्थानीय तहको सरकारपछि वर्षीक आय करिब ६ करोडबाट वृद्धी गरेर २३ करोड पु¥याईएको छ । साथै चालु आर्थिक वर्षमा नगरपालिकाले कुनै पनि करमा वृद्धी नगर्ने निणर्य गरेको नगर प्रवत्ता चन्दले बताउनु भयो । उहाँका अनुसार नगरपालिकाले सरसफाई करमा भने ५५ प्रतिशत सम्म घटाएको छ ।
‘स्थानीय तहको सरकार बनेपछि कर प्रणलीलाई हामीले व्यवस्थीत गरेका छौँ ।’ उहाँले भन्नुभयो ‘करलाई बढाउने भन्दा पनि करको दायरालाई फराकिलो बनाउने र वैज्ञानीक कर प्रणालीको विकास गरिएको छ ।’ वडा नम्बर १७ का वडाध्यक्ष समेत रहेको प्रवत्ता चन्दले वडाको विकासलाई पनि तिव्रताका साथ अघि बढाएको बताउनु भयो । उहाँका अनुसार वडामा शिक्षा, स्वास्थ्य र पुर्वाधार निर्माण जोडमा दिईएको छ ।
वडा कार्यालयले स्वरोजगार सिर्जनाका लागि वडामा विभिन्न सिपमुलक तालिम आयोजना गरेको भने कृषीमा प्रोत्साहनका लागि कृषकलाई अनुदान सहयोग कार्य पनि सञ्चालन गरेको उहाँको भनाई छ । सामुदायिक विद्यालय नरहेको वडा नम्बर १७ मा अहिले बाल विकास कक्षा सञ्चालनमा ल्याईएको छ भने सहरी स्वास्थ्य केन्द्रमा जनशक्ती व्यवस्थापन गरि प्रभावकारी रुपमा सञ्चालनमा ल्याईको छ । (भीमदत्त नगरपालिकाका नगर प्रवत्ता चन्दसँगको संवादमा आधारित)

ताजा समाचार