भीमदत्तमा एम्बुलेन्स र शव बहान सेवा सञ्चालन

भीमदत्त ०२ भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले ऐम्बुलेन्स र शव बहान सञ्चालनमा ल्याएको छ । नगरपालिकाले नगरवासीलाई सहज सेवा प्रवाहका लागि ऐम्बुलेन्स र शव बहान सेवा सञ्चालनमा ल्याईएको हो ।


भीमदत्त नगरपालिकाका सुचना अधिकारी हरि सिंह धामीले एम्बुलेन्स र शव बहान सञ्चालनमा ल्याईएको बताउनु भयो । उहाँका अनुसार सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा ऐम्बुलेन्स सेवा सुरु गरिएको हो । भने शव बहान नगरपालिका आफैले खरिद गरेको हो ।


ऐम्बुलेन्सले अहिले गड्डाचौकी नाकामा भेटिएको कोरोना संक्रमितलाई अस्पताल र आईशोलेसनसम्म पु¥याउने काम गरिरहेको छ । त्यस्तै शव बहानलाई पनि आवश्यकता अनुसार सञ्चालन गर्ने नगरपालिकाको योजना छ ।
नगरपालिकाले ऐम्बुलेन्स र शव बहान सञ्चालनका लागि निर्देशिका बनाउने सुचना अधिकारी धामीको भनाई छ ।

ताजा समाचार