भीमदत्त–८ को नव निर्मित कार्यालय भवन उद्धघाटन

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ८ को कार्यालय भवन उद्धघाटन गरिएको छ । बुधबार भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नव निर्मित कार्यालय भवनको उद्धघाटन गरेका हुन् । वडाध्यक्ष ध्वज बहादुर विष्टको अध्यक्षतामा भएको एक कार्यक्रमकाबिच नगर प्रमुख विष्टले कार्यालय भवन उद्धघाटन गर्नु भएको हो ।

नगरपालिकाले सबै वडामा कार्यालय भवन निर्माण गर्ने योजनासहित काम अघि बढाएको छ । वडा कार्यालय भवन उद्धघाटन गदैँ नगर प्रमुख विष्टले सबै वडामा पुर्वाधार निर्माण गरि सेवा प्रवाह गर्ने नीति अन्र्तगत कार्यालय भवन निर्माण कार्य सम्पन्न भएको बताउनु भयो ।


उहाँले वडाको सेवालाई सहज बनाउन र सामुदायिक भवनको रुपमा काम पनि प्रयोग गर्न सकिने गरि कार्यालय भवनहरु निर्माण गरिएको बताउनु भयो । भीमदत्त नगरपालिकाले हालसम्म ७ वटा वडा कार्यालय भवनको निर्माण गरि सेवा दिईरहेको छ । नगरपालिकाले स्वास्थ्य लगायतका अन्य क्षेत्रमा पनि प्राथमिकताका आधार पुर्वाधार निर्माण गरि सेवा दिईरहेको नगर प्रमुख विष्टको भनाई छ ।


नगरपालिकाले उपलब्ध श्रोत साधनको परिचालन गरि प्रतिफल र उत्पादनमुखीे नीति लिएको छ । त्यस्तै बुधबार नै वडा कार्यालयसँगै रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्र नवनिर्मित भवनको पनि नगर प्रमुख विष्टद्धारा उद्धघाटन गरिएको छ ।

त्यस्तै भीमदत्त–८ का वडाध्यक्ष ध्वज बहादुर विष्टले आफ्नै कार्यालयबाट जनतालाई सहज रुपमा सेवा दिन कार्यालय निर्माण गरिएको बताउनु भयो । उहाँका अनुसार भवन निर्माण भएपछि जनतालाई सेवा दिन सहज भएको छ । उद्धघाटन कार्यक्रम भीमदत्त नगरपालिका नगर प्रवत्ता हिमाल चन्द, वडाध्यक्ष, भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रशाद भट्ट लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

ताजा समाचार