‘भीमदत्तले शिक्षक संघको १ महिना देखीको शान्तिपूर्ण आन्दोलनलाई गिज्जाएकोले घटना घट्यो’ सचिव धामी

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाल शिक्षक संघ र प्रहरी विच दोहोरो झडप भएको छ । भीमदत्त नगरपालिकाले गरेको शिक्षक दरवन्दि मिलान कार्यविधि विपरित गरेको भन्दै नेपाल शिक्षक संघले नगरपालिकामा लगाएको ताला प्रहरीले तोेडेपछि झडप भएको हो । झडपमा नेपाल शिक्षक संघका सदस्य सहित १२ जना विद्यार्थी नेता र ९ जना प्रहरी गरि २१ जना घाइते भएका छन् ।

ती मध्ये शिक्षक विरेन्द्र सिंह बोहोराको अवस्था गम्भिर छ । उनलाई महाकाली प्रादेशिक अस्पतालले उपचार सम्भव नभएपछि धनगढी रेफर गरेको नेपाल शिक्षक संघले जनाएको छ । ‘नगरपालिकाको लापर्वाहीले आज प्रहरी र शिक्षक संघ विच झडप हुदाँ हाम्रा थुप्रै साथीहरु घाइते भएका छन् ।’ नेपाल शिक्षक संघ कञ्चनपुरका सचिव नविन सिंह धामीले भने ‘हाम्रो शान्तिपूर्ण आन्दोलनलाई साथ दिन पार्टीका नेता,विद्यार्थी नेता र अन्य भातृ संगठनबाट पनि आउनु भएको थियो ।

त्यहा हामी ताला लगाएर नाराबाजी गरिरहेका थियौ,त्यही बेला प्रहरीले लाठी चार्ज गर्यो भीड तितरवितर भयो र ताला खोल्यो त्यही समय त्यहाँ अरुको घुसपैठ भएर प्रहरी माथी ढुङगामुडा प्रहार हुन थाल्यो र प्रहरीले पनि जवाफी हमला गर्दा त्यहा आएका केही विद्यार्थी नेताले पनि पछि रिसले ढुङगा प्रहार गरे । तर शुरुमा त्यहाँ घुसपैठ भएर प्रहरीमाथी ढुङगा प्रहार गरिएको थियो ।’

भीमदत्त नगरपालिकाले असार ३१ गते गरेको शिक्षक दरबन्दि मिलान कार्यविधि विपरित गरेको भन्दै नेपाल शिक्षक संघ साउन ३ गतेबाट नगरपालिकामा रिले अनसनमा बसेको थियो । ‘हामी ३५ दिन देखी शान्तिपूर्ण रुपमा नगरपालिकाको ढोकामा अनसनमा बसेका थियौ ।’ सचिव सिंह धामीले भने ‘ हाम्रो शान्तिपूर्ण आन्दोलनलाई नगरपालिकाले गिज्जाएका कारण आज प्रहरी विच झडप हुदाँ यो घटना घट्यो घटनाको कारण भीमदत्त नगरपालिका हो र यसको जिम्मा नगरपालिकाले लिनु पर्छ ।’ उनले अगाडी थपे ‘ शान्तिपूर्ण रुपमा हामीले ३५ दिनदेखी आफ्ना माग राख्दा नगरपालिकाले वेवास्ता गरेका कारण आज घटना घट्यो,यदि समयमा नै नगरपालिकाले हाम्रा माग सम्बोदन गरेको भए आज यो घटना हुने थिएन ।’

नगरपालिकाले मनमानी तरिकाले कार्यविधि विपरित आफ्ना मान्छे छानीछानी दरबन्दि मिलान गरेको र नगरपालिकाले गरेको उक्त निर्णय सच्चाउनु पर्ने भनेर ३५ दिनदेखी शान्तिपूर्ण रुपमा माग राख्दा नगरपालिकाले माग सम्बोदन नगरेका कारण घटना घटेको नेपाल शिक्षक संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष विर्ख बहादुर मल्लले बताए ।

‘हामी शान्ति रुपमा ३५ दिन देखी आफ्ना माग सहित नगरपालिकाको गेटमा रिले अनसनमा बसेको थियौ ।’ मल्लले भने ‘तर भिमदत्त नगरपालिकाले त्यो शान्तिपूर्ण आन्दोलनलाई वास्ता नगर्दा आज यो घटना घट्यो ।’ उनले अगाडी थपे ‘हामीले त हाम्रा मान्छे बचाइदिनु पर्यो भनेका थिएनौ हामीले कार्यविधि अनुसार दरबन्दि मिलान हुनु पर्यो भनेका हौ ।’ नगरपालिकाले अझैपनि हाम्रा माग सम्बोदन नगरी मनमानी तरिकाले काम गरे थप आन्दोलनका कार्यक्रम गर्ने सचिव धामीले बताए ।

यता भीमदत्त नगरपालिकाका प्रवत्ता हिमाल चन्दले नेपाल शिक्षक संघ संग नगरपालिकाले पटक–पटक वार्ता गरेको भएपनि सहमती हुन नसकेको बताए । ‘नगरपालिकाले पटक पटक वार्ता गरेको छ । अझपनि वर्ता गर्न नगरपालिका तयार छ ।’ प्रवत्ता चन्दले भने ‘उहाँहरुले माग गरेका सूचना उपलब्ध गराउन कार्यालय प्रमुख विरामी हुदाँ,शिक्षा शाखामा उहाँहरुले नै ताला लगाएका कारण ढिलो भएको हो । अरु शिक्षक दरबन्दि मिलान कार्यविधि अनुसार गरिएको छ ।’

ताजा समाचार