मौलिक जरोकिलो पार्टीद्वारा जय सिंह धामीको न्यायका लागी हस्ताक्षर संकलन

महेन्द्रनगर। गत श्रावण १५ गते दार्चुलाको व्यास गाउपालिका-०२ मालघाट बाट सदरमुकाम खलङ्गा जाने क्रममा भारतीय एसएसबि ले तुईन काटी दिदा बेपत्ता भएका जय सिंह धामीको न्यायका लागि मौलिक जरोकिलो पार्टी सुदूरपश्चिम प्रदेश कमिटीले बिभिन्न ठाउँहरु बाट हस्ताक्षर संकलन गरेको छ।

शुक्रबार कञ्चनपुरको महेन्द्रनगरमा पत्रकार सम्मेलनमा बोल्दै पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष खिमानन्द जोशीले श्रावण २३ गते बाट नौ हजार जनाको हस्ताक्षरको लक्ष्य सहित हस्ताक्षर संकलन अभियान सुरु गरेको जानकारी दिए।

अध्यक्ष जोशीले भने “नेपाल सरकारले यस घटनामा कुनै ठोस कदम नचालेको हुदा आठ बुदे माग सहित हस्ताक्षर संकलन गरेका हौ” उनले थपे “हाम्रो लक्ष्य नौ हजार हस्ताक्षर संकलन गर्ने थियो र हामीले श्रावण २३ गते देखि भदौ ३ गते सम्म नौ हजार पाँच सय सात (९५०७) जनाको हस्ताक्षर संकलन गरेका छौ”

दार्चुला जिल्लाको गोकुलेश्वरमा पार्टीका शैल्यशिखर संयोजक तोयराज जोशीको नेतृत्वमा एक हजार (१०००) जना, कैलालीको गोदावरीमा बैतडी जिल्ला संयोजक पुस्कर राज भट्टको नेतृत्वमा पाँच सय सात (५०७) जना, धनगढीमा उमेश बडुको नेतृत्वमा दुई हजार (२०००) जना, र कञ्चनपुर जिल्लामा स्वयम् आफ्नो नेतृत्वमा छ हजार (६०००) जना गरि जम्मा ९५०७ जनाको हस्ताक्षर संकलन भएको प्रदेश अध्यक्ष जोशीले जानकारी दिए।

यो सँगै जोडिएको खबर: नेपाली चढेको तुइन एसएसबीले काटिदिँदा महाकालीमा खसेर एक युवा बेपत्ता

संकलन गरेका हस्ताक्षर पार्टीका केन्द्रिय अध्यक्ष सुशील गौतम मार्फत प्रधानमन्त्रीलाई बुझाउने पार्टीको योजना रहेको छ।

मौलिक जरोकिलो पार्टीका आठ बुदे मागहरु:

  • घटनाको स्वतन्त्र र निस्पक्ष छानविन हुनुपर्ने।
  • छानविनमा प्रत्यक्षदर्शी स्थानीय जनता र सञ्चार माध्यमका आवाजहरु समेटिनु पर्ने।
  • पिडित परिवारलाई न्यायको साथै उचित राहतको व्यवस्था गरिनुपर्ने।
  • घटनाको दोषीलाई कारवाहीको लागि कुटनीतिक पहल गरिनुपर्ने।
  • ३ बर्ष सम्म झोलुङ्गे पुल निर्माण अलपत्र छाड्ने ठेकेदारलाई कारवाही हुनुपर्ने।
  • अविलम्ब झोलुङ्गे पुल निर्माण सुरु हुनुपर्ने।
  • खलंगा-टिंकर सडकलाइ रास्ट्रिय गौरवको आयोजनाको रुपमा घोषणा गरि शिघ्र निर्माण गर्नुपर्ने।
  • सिमा क्षेत्रका नागरिकलाई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य आदिमा बिशेष सहुलियत प्रदान गर्नुपर्ने।

ताजा समाचार