नेकपा मओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश इन्चार्जमा भट्ट

महेन्द्रनगर । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशको इन्चार्जमा खगराज भट्टलाई चयन गरेको छ ।

माओवादी स्थायी समिति बैठकले केन्द्रीय समितिको निर्देशन अनुसार सुदूरपश्चिम प्रदेश इन्चार्जमा भट्टलाई चयन गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठ जानकारी दिए ।

उनकाअनुसार सुदूरपश्चिम प्रदेश इन्चार्जमा भट्ट सहित प्रदेश २ मा गणेश शाह,बागमती प्रदेशमा हितमान शाक्य,गण्डकी प्रदेशमा हितराज पाण्डे,लुम्बिनी प्रदेशमा चक्रपाणी खनाल,कर्णली प्रदेशमा शक्तिबहादुर बस्नेत चयन भएका छन् ।

प्रदेश १ मा भने पछि तोकिने नेकपा माओवादी केन्द्रले जनाइएको छ ।

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेज