कोरोना भाइरस विरुद्ध लड्न रेडक्रसको साथ

महेन्द्रनगर । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) नेपालमा पहिलो पटक २०७६ माघ ११ गते भित्रियो । त्यसपछि उक्त भाइरसले देशैभरी महामारीको रुप लियो । त्यसको असर कञ्चनपुर जिल्लाले पनि बेहोर्नु पर्यो । जिल्लामा कोरोनाका विरामी दिनप्रतिदिन बढीरहेको र ज्यान गुमाउनेको संख्यापनि बढिरहेको थियो । हुन त अहिलेपनि कोरोनाबाट कञ्चनपुर पूर्ण रुपमा चोखिएको छैन ।

जिल्लामा कोरोना भाइरस नियन्त्रण गर्न धेरै सरकारी,गैरसरकारी संस्था,समाजसेवी,जिम्मेवार निकाय सबैले आ–आफ्नो ठाउँबाट साथ सहयोग गरे । नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाले पनि जिल्लामा कोरोना नियन्त्रण गर्न अतुलनिय भुमिका निर्वाह गर्यो ।

रेडक्रसले जिल्ला स्थित नौ वटै स्थानिय तह,स्वास्थ्य कार्यालय लगाएतका संस्थालाई कोरोना विरुद्ध लड्न स्वास्थ्य सामाग्री तथा भौतिक संरचना निर्माण तथा क्वारेन्टाइन व्यवस्थापनमा सहयोग गर्योे र अहिले पनि गरिरहेको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कञ्चनपुरले जिल्लामा कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सक्दो साथ सहयोग गरेको नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाका कार्यालय प्रमुख मनोज उप्रेतीले बताए ।

उनका अनुसार रेडक्रसले पहिलो चरणको कोरोना भाइरस नियन्त्रणका लागि गड्डाचौकी नाकामा भारतबाट आउने नेपालीहरुलाई पानी वितरण गर्नुका साथै जिल्ला स्थित विभिन्न विद्यालयमा स्थापना गरिएका
क्वारेन्टाइन व्यवस्थापन,क्वारेन्टाइमा शौचालय निर्माण,मर्मत,पानीको व्यवस्था लगाएत स्वास्थ्य सामाग्री सहयोग गरेको थियो । यस्तै दोस्रो लहरको कोरोना भाइरस नियन्त्रण गर्न जिल्लाका सबै पालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

‘नेपाल रेडक्रस सोसाईटी कञ्चनपुर शाखाले जिल्लाका क्वारेन्टाइन व्यवस्थापन, जिल्लाका नौँ स्थानिय तहलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।’ कार्यालय प्रमुख उप्रेतीले भने ‘नेपाल रेडक्रस सोसाइटीले कोरोना विरुद्ध लड्न जिल्लामा सक्दो सहयोग गरेको छ र आगामी दिनमा अझै गर्ने छ ।’

उनका अनुसार नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाले युनिसेफ नेपाल,मर्सिक्रप्स् र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयकोे सहयोगमा जिल्ला स्थित विभिन्न सरकारी, गैरसरकारी संस्थालाई कोरोना विरुद्ध लड्न विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरिएको हो ।

रेडक्रस सोसाइटी कञ्चनपुर शाखाले गरेको सहयोगको विवरणः

विभिन्न क्वारेन्टनइनलाई सहयोग

नेपाल रेडक्रस सोसाइटीले जिल्ला स्थित ११ वटा विद्यालयमा रहेका क्वारेन्टनइनमा दोधारा चाँदनी नगरपालिका र विद्यालयको सहयोगमा २७ लाख ६५ हजार १ सय ३५ रुपैया लागतमा शौचालय निर्माण,मर्मत र खानेपानीको व्यवस्था गरेको छ । ‘कोरोना विरुद्ध लड्न रेडक्रस सोसाइटी कञ्चनपुरले जिल्ला स्थित विभिन्न विद्यालयमा रहेका क्वारेन्टाइमा २७ लाख बढीको लागतमा शौचालय निर्माण र मर्मत र खानेपानी लगाएको निर्माण तथा व्यवस्थापन गरेको छ ।’

स्वास्थ्य कार्यालय कञ्चनपुरलाई सहयोग

कोरोना भाइरस संग लड्न स्वास्थ्य कार्यालय कञ्चनपुरलाई नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाले विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेको छ । ‘स्वास्थ्य कार्यालय कञ्चनपुरलाई हामीले कोरोना भाइरस न्यूनिकरणका लागि १ हजार पिस सर्जिक माक्स,१ सय पिस सेनिटाइजर,१ सय पिस ग्लबस,१ सय थान पिपिइ सेट लगाएतका सामाग्री सहयोग गरेका छौ ।’

दोधारा चाँदनी नगरपालिकालाई सहयोग

कोरोना भाइरस संग लड्न दोधारा चाँदनी नगरपालिकालाई नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाले कोरोना भाइरस न्यूनिकरणका लागि १ हजार ५ सय पिस सर्जिक माक्स,१ सय पिस सेनिटाइजर,१ सय पिस ग्लबस,५० सय थान पिपिइ सेट र दोधारा चाँदनी कोभीड अस्पताललाई २ हजार पिस सर्जिकल माक्स र १ थान अक्सिजन कन्सनट्रेटर लगाएतका सामाग्री सहयोग गरेको कार्यालय प्रमुख उप्रेतीले बताए ।

बेदकोट नगरपालिकालाई सहयोग

रेडक्रस सोसाइटी कञ्चनपुरले कोरोना विरुद्ध लड्न बेदकोट नगरपालिकालाई १ हजार पिस सर्जिक माक्स,१ सय पिस सेनिटाइजर,१ सय पिस ग्लबस,५० सय थान पिपिइ सेट र बेदकोट कोभीड अस्पताललाई २ हजार पिस सर्जिकल माक्स र १ थान अक्सिजन कन्सनट्रेटर लगाएतका सामाग्री सहयोग गरेको कार्यालय जनाएको छ ।

पुनर्वास नगरपालिकालाई सहयोग

रेडक्रस सोसाइटी कञ्चनपुरले कोरोना विरुद्ध लड्न पुनर्वास नगरपालिकालाई २ हजार पिस सर्जिक माक्स,१ सय पिस सेनिटाइजर,१ सय पिस ग्लबस,५० सय थान पिपिइ सेट,१ सय पिस फेश शिल्ड लगाएतका सामाग्री सहयोग गरेको छ ।

बेलौरी नगरपालिकालाई सहयोग

कोरोना विरुद्ध लड्न बेलौरी नगरपालिकालाई रेडक्रसले २ हजार पिस सर्जिक माक्स,१ सय पिस सेनिटाइजर,१ सय पिस ग्लबस,५० सय थान पिपिइ सेट,१ सय पिस फेश शिल्ड लगाएतका सामाग्री सहयोग गरेको छ ।

लालझाडी गाउँपालिकालाई सहयोग

कोरोना विरुद्ध लड्न लालझाडी गाउँपािलकालाई रेडक्रसले ५ हजार पिस सर्जिक माक्स,५० सय पिस सेनिटाइजर,११ सय पिस ग्लबस,१ सय थान पिपिइ सेट,१ सय ५० पिस फेश शिल्ड लगाएतका सामाग्री सहयोग गरेको कार्यालय प्रमुख उप्रेतीले बताए ।

कृष्णपुर नगरपालिकालाई सहयोग

कोरोना विरुद्ध लड्न कृष्णपुर नगरपालिकालाई रेडक्रसले ५ हजार पिस सर्जिक माक्स, ११ सय पिस ग्लबस,१ सय थान पिपिइ सेट,१ सय ५० पिस फेश शिल्ड लगाएतका सामाग्री सहयोग गरेको कार्यालय प्रमुख उप्रेतीले बताए ।

शुक्लाफाँटा नगरपालिकालाई सहयोग

कोरोना विरुद्ध लड्न शुक्लाफाँटा नगरपालिकालाई रेडक्रसले ५ हजार पिस सर्जिक माक्स, ११ सय पिस ग्लबस,१ सय थान पिपिइ सेट,१ सय ५० पिस फेश शिल्ड लगाएतका सामाग्री सहयोग गरेको कार्यालय जनाएको छ ।

बेलडाँडी गाउँपालिकालाई सहयोग

कोरोना विरुद्ध लड्न बेलडाँडी गाउँपालिकालाई रेडक्रसले ५ हजार पिस सर्जिक माक्स, ११ सय पिस ग्लबस,१ सय थान पिपिइ सेट,१ सय पिस फेश शिल्ड लगाएतका सामाग्री सहयोग गरेको कार्यालय प्रमुख उप्रेतीले बताए ।

महाकाली प्रादेशिक अस्पताललाई सहयोग

जिल्ला स्थित महाकाली अस्पतलाई कोरोना विरुद्ध लड्न नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाले १० हजार पिस सर्जिकल माक्स, ५० थान पिपिइ सेट र २० थान डेथ बडी कबर लगाएतका स्वास्थ्य सामाग्री सहयोग गरेको रेडक्रस कञ्चनपुरले जनाएको छ । यो संगै नेपाल पत्रकार महासंघ,आखा अस्पताल, बेलौरी कोभिड अस्पताल,नेपाल परिवार नियोजन संघ लगाए विभिन्न सरकारी गैरसरकारी संस्थालाई पनि रेडक्रस सोसाइटी कञ्चनपुर शाखाले स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

ताजा समाचार