कञ्चनपुरमा थप ६ जनामा कोरोना पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा कोरोना संक्रमितको संख्या ८ हजार ३ सय ८७ पुगेको छ । बुधबार जिल्लामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार बुधबार जिल्लाको दोधारा–चाँदनी नगरपालिकाका ३,बेदकोट,कृष्णपुर र पुनर्वास नगरपालिका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्लामा हाल ९४ संक्रक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म जिल्लामा ८ हजार ८४ जना निको भई विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने १ सय ९१ जनाको मृत्यु भइसकेको छ ।

ताजा समाचार