कोरोना विरुद्ध लड्न आदर्श नव युवा क्लबको साथ

महेन्द्रनगर । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) नेपालमा पहिलो पटक २०७६ माघ ११ गते भित्रियो । त्यसपछि उक्त भाइरसले देशैभरी महामारीको रुप लियो ।

त्यसको असर कैलाली जिल्लाले पनि बेहोर्नु पर्यो । जिल्लामा कोरोनाका विरामी दिनप्रतिदिन बढीरहेको र ज्यान गुमाउनेको संख्यापनि बढिरहेको थियो ।

हुन त अहिलेपनि कोरोनाबाट कैलाली पूर्ण रुपमा चोखिएको छैन । जिल्लामा कोरोना भाइरस नियन्त्रण गर्न धेरै सरकारी,गैरसरकारी संस्था,समाजसेवी,जिम्मेवार निकाय सबैले आ–आफ्नो ठाउँबाट साथ सहयोग गरे ।

कैलालीको धनगढी उपमहानगरपालिका–५ हसनपुरको आदर्श नव युवा क्लबले पनि जिल्लामा कोरोना नियन्त्रण गर्न सक्दो सहयोग गर्यो । क्लबले धनगढी उपमहानगरपालिका–.५ स्थित पन्चोदय उच्च माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेकालाई ४५ दिनसम्म निशुल्क खानापानी तथा स्वास्थ्य सामाग्री बितरण गर्यो ।

यस्तै त्रिनगर नाकामा भारतबाट आउने नेपालीलाई एक सय दिनसम्म निशुल्क खानापानी तथा स्वास्थ्य सामाग्री वितरण गरिएको आदर्श नव युवा क्लबले जनाएको छ ।

क्लबका अनुसार कोरोना विरुद्ध लड्न बिपन्न तथा अपाङ्ग परिवारलाई खाद्यान्न तथा स्वास्थ्य समाग्री सहयोग गर्नुका साथै विभिन्न जनचेतनामुलक कार्यक्रम गरिएकोे थियो ।

क्लबले धनगढी उप–महानगरपालिका स्थित १९ वटै वडामा ‘रक्तदान जीवनदान’ भन्ने मुल नाराका साथ ५ सय भन्दा बढि पिन्ट रक्त संकलन समेत गरेको थियो । आदर्श नव युवा क्लब यस्ता थुप्रै सामाजिक कार्य गरि कोरोना विरुद्ध लड्न जिल्लामा अतुलनिय भुमिका निर्वाह गर्दै आएको छ ।

ताजा समाचार