सेयर बजार घटेपछि गभर्नरको राजीनामा माग्दै प्रदर्शन

महेन्द्रनगर । सेयर बजारमा निरन्तर गिरावट आउन थालेपछि लगानीकर्ताहरु गभर्नरको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका छन् । गभर्नर महाप्रसाद अधिकारीका कारण सेयर बजार घटेको बताउँदै लगानीकर्ता आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले राष्ट्र बैंकका गभर्नरको राजीनामा माग्दै आज मोटरसाइकल र्याली नै गरेका छन् । गभर्नर विरोधी नारा लगाउँदै आन्दोलन गरेर सेयर बजार मैत्री व्यवस्था गर्न गभर्नरलाई दबाब दिएका हुन् ।

पछिल्लो एक सातामा झण्डै २०० अंकले नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक घटेपछि पुँजीबजार सुधार संघर्ष समिति गठन नै गरेर आन्दोलनमा उत्रिएका हुन् ।

समितिले चालू वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले सेयर धितो कर्जामा १२ को सिमा राखेका कारण बजार घटेको आरोप लगाइरहेको छ । उनीहरुले हिजो दिनभरमा सेयर बजार मैत्री निर्णय नलिए आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

ताजा समाचार