नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम इन्चार्जमा शाह

महेन्द्रनगर । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेश इन्चार्जमा गरिमा शाह नियुक्त भएकी छन् ।

एसको सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी पार्टीले शाहलाई दिएको अदिल फोर्सका सुदूरपश्चिम संयोजक प्रजोल कुवँरले बताए ।

इन्चार्ज तोकिएकी शाह कैलाली टीकापुरकी बासिन्दा हुन् । उनी नेकपा एमालेकी केन्द्रीय सदस्य थिइन् । माधव कुमार नेपालले एमालेबाट अलग भएर नेकपा (एकीकृत समाजवादी) पार्टी खोलेपछि समाजवादीमा आबद्ध भएकी थिइन् ।

एकीकृत समाजवादीले केही दिन अगाडि प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ प्रसाद शाह, वागमती प्रदेशमा केदार न्यौपाने, गण्डकी प्रदेशमा केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेशमा भागवत विश्वासी र कर्णाली प्रदेशमा प्रकाश ज्वाला इन्चार्ज तोकेको थियो ।

ताजा समाचार