संखुवासभामा एकै परिवारका ६ जनाको हत्यामा छिमेकीकै संग्लगनता

काठमाण्डौँ । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या छिमिकीबाटै भएको निष्कर्षमा ​प्रहरी पुगेको छ ।

गत आइतबार भएको उक्त हत्याकाण्डमा संलग्न आरोपमा प्रहरीले सोही ठाउँका लोकबहादुर कार्कीलाई पक्राउ गरेको छ। उनी उक्त परिवारका भतिजा पर्ने छिमेकी हुन् ।


सुरुदेखि नै प्रहरीले उनको निगरानी गरिरहेको थियो। उनले नै हत्या गरेको तथ्य पुष्टि भएको प्रहरीको भनाइ छ ।


अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार उनलाई आजै खाँदबारी लाने तयारी छ ।

भोलि पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिइने प्रहरीले जनाएको छ ।

स्थानीय तेजबहादुर कार्कीको परिवारका ६ जनाको ज्यान लिइएको त्यो घटनामा ९० वर्षीय वृद्ध बौद्धमान कार्की मात्रै जीवित भेटिए ।

परिवारका ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेज बहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

कार्की परिवारका सदस्यहरुलाई लखेटी लखेटी हत्या गरेको प्रहरीले जनाएको थियो ।

एउटा शव बाटोमा, एउटा शव घरभित्र, दुईवटा शव बारीको कान्लामा र बाँकी दुईवटा शव खोल्सामा भेटिएका थिए ।

ज्यान गुमाएका सबैको पोस्टमार्टमपछि इटहरीमा दाहसंस्कार गरिसकिएको छ । नेपालखबर

ताजा समाचार