सुनको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य दुई सयले घटेको छ । छापावाल सुन आइतबार ८९ हजार एक सयमा कारोवार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार नौ सय तोकिएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ४ सय ५० कायम गरिएको छ । तेजाबी सुन आइतबार ८८ हजार ६ सय ५०मा कारोवार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १५ ले घटेको छ । चाँदीको मूल्य आज प्रतितोला एक हजार १ सय ३५ कायम गरिएको छ । चाँदीको मूल्य आइतबार प्रतितोला एक हजार १ सय ५० थियो ।

ताजा समाचार