रोकियो नेप्सेको पहिरो, भयो १४ अंकको बढोत्तरी

सेयर बजार परिसूचक नेप्से अन्ततः १३.८३ अङ्कले बढेर २७ सय १२.०७ विन्दुमा अड्किन पुगेको छ । मंगलबार बजार खुलेदेखि नै निरन्तर पहिरो आइरहेको परिसूचक बजार बन्द हुने बेलासम्म बाउन्स ब्याक हुँदै नेप्सेले झण्डै १४ अङ्कको वृद्धि गरेको हो ।

यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत २.३६ अङ्कले वृद्धि हुँदै ५०८.६२ विन्दुमा उक्लिएको छ । यस दिन बैङ्किङ, होटल तथा पर्यटन, विकास बैङ्क, हाइड्रोपावर, जीवन तथा निर्जीवन बीमा, माइक्रोफाइनान्स र अन्य समूहहरु धनात्मक (पोजेटिभ) बन्दा व्यापार, फाइनान्स, म्यानु एण्ड प्रो र म्युचुअल फन्ड समूह ऋणात्मक भएका छन् ।

यद्यपि, करिब १४ अङ्कले बढेको बजारमा ७ अर्बको मात्र कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार आज कुल २२३ कम्पनीको एक करोड ५३ लाख ६ हजार कित्ता सेयर बजारमा ९५ हजार ६४६ पटक किनबेच हुँदा ७ अर्ब ३६ करोड ४७ अर्बको कारोबार भएको हो ।

बजेट कार्यान्वयनको आशाले लगानीकर्ता उत्साहित

गत सोमबार अधिकतम ११४ अङ्कले घटेको बजारमा एकाएक दोस्रो दिन १३ अंकमाथिको सुधार आउनुले बजेटले काम गरेको बुझ्न सकिन्छ । किनकि गत सोमबार नै सरकारले प्रतिस्थापन विधेयक मार्फत ल्याएको परिमार्जित बजेट संसद्बाट पास गरेसँगै आम लगानीकर्ताहरू उत्साहित भएको देखिन्छ । संसद् बाट बजेट पास भएसँगै अब कार्यान्वयनमा आउने र सरकारी खर्च त्यसको लगानी नेप्सेमा समेत आउने देखिएकाले लगानीकर्ताहरू उत्साहित भएको बुझिन्छ ।

ताजा समाचार