डडेल्धुरामा सामूहिक बलात्कारको आरोपमा गर्ने २ जना पक्राउ

महेन्द्रनगर । डडेल्धुरामा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

जिल्लाको परशुराम नगरपालिकाकी बालिकालाई बलात्कार गरेको आरोपमा सोेही नगरपालिका–१० बस्ने २३ वर्षीय राम सिंह ठगुन्ना र दार्चुला नौगाड गाउँपालिका–५ घर भएका २७ वर्षीय जगदिश धामी पक्राउ परेका हुन्।

असोज ५ गते बलात्कार गरी भागेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरीले उनीहरुलाई बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेज