सुत्केरीको मृत्युपछि धनगढीको नवजीवन अस्पतालमा तनाव

धनगढी । सुत्केरीको मृत्यु भएपछि धनगढीको नवजीवन अस्पतालमा तनाव भएको छ । डोटीको शिखर नगरपालिका स्थायी घर भइ हाल धनगढी उपमहानगरपालिका(२ बस्दै आएकी २६ वर्षीया कल्पना मल्लको मृत्युपछि आक्रोशित आफन्तले अस्पताल घेराउ गरेका छन् ।

शनिबार राति सुत्केरी भएकी मल्लको अवस्था गम्भीर भएपछि आईसीयूमा भर्ना गरिएकोमा आइतबार बिहान ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक ९एसपी० विश्व अधिकारीले बताए । एसपी अधिकारीका अनुसार मृतकका आफन्तले डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भन्दै अस्पताल घेराउ गरेका
हुन् ।

पीडित पक्षबाट हुनसक्ने सम्भावित घटनालाई ध्यानमा राखेर प्रहरी परिचालन गरिएको बताउँदै एसपी अधिकारीले अहिले दुवै पक्षबीच छलफल भइरहेको जानकारी दिए ।

मल्ल शनिबार बिहान ११ बजे अस्पताल भर्ना भएकी थिइन् । सुत्केरी भइसकेपछि अवस्था जटिल बन्दा उनलाई चिकित्सकले आईसीयूमा भर्ना गरेका थिए । उपचारकै क्रममा कल्पनाको मृत्यु भए पनि शिशु भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार