विपन्न परिवारकी साहारा समाजसेवी जोत्सना साउँद

महेन्द्रनगर । समाजसेवी जोत्सना साउँद प्राय विपन्न परिवारलाई स्वास्थ्य,खाद्य समाग्री,लत्ताकपडा तथा आर्थिक सहयोग गरिरहेको अवस्थामा भेटिन्छन् ।

रुडुक नेपालकी केन्द्रीय महासचिव,नेपाल हिन्दू महासंघकी वरिष्ठ उपाध्यक्ष समेत रहेकी समाजसेवी साउँदले गृह जिल्ला कञ्चनपुरका विपन्न परिवारलाई स्वास्थ्य सामाग्री सहयोग गरेकी छन् ।

मंगलबार समाजसेवी साउँदले कृष्णपुर नगरपालिका–१ स्थित भेटघाट शिविरका ३ सय अति विपन्न परिवार र वडा नम्बर ४ स्थित दयाँ अम्मरपुरका ३५ विपन्न परिवारलाई स्वास्थ्य सामाग्री वितरण गरिएको रुडुक नेपालकी केन्द्रिय सदस्य चन्द्रा ओझाले बताइन् ।

उनकाअनुसार रुडुक नेपालकी केन्द्रिय महासचिव साउँदले भेटघाट शिविरका ३ सय र दयाँ अम्मरपुरका ३५ परिवारलाई झुल,पौष्टिक आहार,सेनेटरी प्याड,माक्स लगाएतका सामाग्री वितरण गरेकी छन् ।

‘जोत्सना म्याडमले हामीलाई पहिलापनि धेरै राहत वितरण गर्नु भएको थियो ।’ भेटघाट शिविरकी माया बिकले भनिन् ‘आज फेरी झुल लिटो (पौष्टिक आहार), सेनेटरी प्याड,माक्स सहयोग गर्नु भएको छ ।’ उनले अगाडी थपे ‘बेला बेलामा हामीलाई सम्झिरहनु हुन्छ,हामी जस्ता गरिबको जोत्सना म्याडम त साहारा बन्नु भएको छ । उहाँले हामीलाई राहत सामाग्री सहयोग गरेपछि हामी सबै शिविरका जनता खुशी भएका छौ ।’

समाजसेवी साउँद निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएकी छन् । उनले कोरोना महामारीका समयमा पनि कोरोना विरुद्ध लड्न अतुलनिय भूमिका निर्वाह गरेकी थिइन् । उनले कोरोना महामारीमा कञ्चनपुर लगाएका जिल्लामा माक्स,सेनिटाइजर,अक्सिजन कन्सनट्रेटर,अक्सिमिटिर,पिपिई,ग्लब्स लगाएतका स्वास्थ्य सामाग्री सहयोग गरेकी थिइन् ।

यस्तै उनले लकडाउनका समयमा अति विपन्न परिवारलाई खाद्य समाग्री समेत सहयोग गरेकी थिईन् । बेलाबेलामा विपन्न परिवारलाई आवश्यक सामाग्री सहयोग गर्दै आएकी समाजसेवी साउँद उनिहरुको साहारा बनेकी छन् ।

ताजा समाचार