कैलालीमा मोटरसाइकल दुर्घटनामा परि २ जनाको मृत्यु

धनगढी। कैलालीमा मोटरसाईकल दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । जिल्लाको टीकापुर नगरपालिका २ विकास टोलमा से ६ प १९३१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।

दुर्घटनामा परी टीकापुर नगरपालिका वडा न १ का १८ वर्षीय सुन्दर मगर र सोही ठाँउका १८ वर्षीय केशव मगरको मृत्यु भएको छ भने १९ वर्षीय आशिष मगर घाईते भएका छन्।

टिकापुरको पार्कमोड देखी सितापुर जाने क्रममा मोटर साईकल अनियन्त्रित भएर कल्भर्टमा ठोक्किँदा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

तीनै जनालाई टीकापुर अस्पतालमा सामान्य उपचारपछि कोहलपुर मेडिकल कलेज रिफर गरिएको र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते आशिषको उपचार भइरहेको छ।

ताजा समाचार