फुटबल प्रशिक्षक अल्मुताइरीले गरे तीन वर्षे सम्झौतामा हस्ताक्षर

काठमाडौँ। नेपााली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले तीन वर्षे सम्झौतामा हस्ताक्षर गरेका छन् । अब उनी सन् २०२४ सम्म राष्ट्रिय टिमको मुख्य प्रशिक्षक रहनेछन् ।

मुख्य प्रशिक्षक अल्मुताइरीका अनुसार १ नोभेम्बरबाट सुरु भएको नयाँ सम्झौता २०२४ को अन्त्यसम्म कायम रहनेछ । उनले अघि भने, ‘हामीले राम्रो फुटबलका लागि राम्रो वातावरण बनाउन छलफल गरेका छौं । धेरै कुरा अर्को महिला लिग सुरु भएपछि प्रष्ट हुनेछ ।’

माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको फाइनल खेल्नुअघि अम्मुताइरीले नेपाल छाड्ने घोषणा गरेका थिए । तर अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले कतार पुगेर भेट्नुका साथै कतार फुटबल एशोसिएसनसँग भएको छलफलपछि मुख्य प्रशिक्षक अम्मुताइरी नयाँ सम्झौताका लागि सहमत भएका हुन् ।

परीक्षण काल पूरा गरेको भन्दै मुख्य प्रशिक्षक अल्मुताइरीले मिलेर फुटबल विकासमा काम गर्न चाहेको बताए । ‘म प्रशिक्षक हुँ, फुटबलमा काम गर्न चाहन्छु’ उनले भने ।

तर आफ्नो व्यक्तिगत जीवनलाई लिएर टीकाटिप्पणी नगर्न उनले आग्रह गरे । मुख्य प्रशिक्षक अल्मुताइरीले अघि भने, ‘मैले के लगाएँ, कस्तो कपाल बनाएँ, मेरो जीवनबारे नबोल्नुस् । मेरो काममा केही छ भने भन्नुस् ।’

ताजा समाचार