टिकटक स्टार अंशु बर्माद्धारा सेफ हाउसलाई खाद्यान्न सहयोग

महेन्द्रनगर । पछिल्लो समय टिकटकमा चर्चित अंशु वर्माले निरन्तर सामाजिक कार्यमा सक्रिय छन् । जहाँ दिन दुखी र त्यहाँ हाम्रो टिम भन्ने नाराका साथ बर्मा सामाजिक कार्यमा लागि परेका छन् ।

सोही अभियान अन्र्तगत टिकटक स्टार बर्माले शुक्रबार कैलालीको गोदावरी नगरपालिकास्थित महिला तथा बालबालिका सेफ हाउसमा सहयोग गरेका हुन् ।

उनले टिकटक लाईभमार्फत भएको आम्दानीबाट सेफ हाउसमा सहयोग गरेको बताएका छन् । उनले सेफ हाउसलाई तीन सय केजी चामल, ४० केजी, आलु, १५ केजी दाल, ६२ प्याकेट मिठाई र पाँच पेटी चाउचाउ लगायतका खाद्य सामाग्री गरेको बताए ।

आफ्नो आम्दानीबाट असहायलाई सहयोग गर्ने उद्देश्यका साथ खाद्यान्न सहयोग गरिएको बर्माले बताए । बेला–बेलामा विभिन्न सामाजिक कार्यमा गदैँ आएका बर्माले यसअघि अनाथालय, वृद्ध सेवा केन्द्र र बाढी पिडितलाई पनि सहयोग गरेको थिए ।

‘आर्थिक अवस्था कमजोर भएका, समस्यामा परेकोलाई निरन्तर रुपमा सहयोग गदैँ आएको छौँ ।’ उनले असहायलाई सहयोग गर्दा उहाँको दैनिकी सहज हुन सक्छ, सबैले सामाजिक क्षेत्रमा सहयोग गर्नुपर्छ ।’ सहयोग कार्यक्रममा बशुदेव भट्ट, लिला भट्ट, सिर्जना धामी, अमन सिंह, महेन्द्र सिंह लगायतको सहभागिता रहेको थियो ।

सेफ हाउसकी अध्यक्ष जानकी मलासीले सेफ हाउसलाई सहयोग गरेको धन्यवाद दिईन् । उनले दाताका भरमा चलिरहेको सेफ हाउसलाई गरिएको खाद्यान्न सहयोगले ठुलो राहत मिल्ने बताईन् ।

साथै उनले अन्य दातालाई पनि सहयोगका लागि आग्रह पनि गरिन् । टिकटक स्टार बर्माले यसअघि पनि सेफ हाउसमा खद्यान्न सहयोग गरेको थिए ।

ताजा समाचार