बाढी प्रभावित परिवारलाई खाध सहायता भौचर र हाईजिन किट सहयोग

महेन्द्रनगर दोधारा चादँनी नगरपालिका बाढी प्रभावित परिवारलाई बाढी प्रभावित परिवारलाई युके एड (UKAID) र स्टार्ट (START) नेटवर्कको सहयोगमा केएर नेपाल, प्लान इन्टरनेशनल नेपाल र निड्स नेपालद्वारा सहयोग वितरण गरिएको छ।

प्रति घरधुरी रु ९४४० बराबरको खाध सहायता भौचर सँगै आपतकालिन सामग्री सहयोगका रुपमा हाईजिन किट वितरण हिजो मसिंर १२ गतेका दिन एक कार्यक्रमका बिच सम्पन्न भएको हो।

गत असोज ३१ गते देखि कार्तिक ३ गते सम्म अविरल वर्षाका कारण कार्तिक २ गते आएको भीषण वाढी कारण यस कञ्चनपुर जिल्लाको सबैभन्दा बढी प्रभावीत दोधारा चादनी नगरपालिका वडा नं १० स्थित कुतियाकभरका ४२ घरधुरी, १८ नं पिल्लर ०७ घरधुरी, सुन्दरनगर ७ घरधुरी र वडा नं ०८ का ४ घरधुरीलाई खाधसँकट न्युनीकरण गर्न र पोषण बाट सहयोग पुग्ने उदेश्यका साथ प्रति घरधुरी रु ९४४० बराबरको खाध सहायता भौचर र परिवारीक सरसफाई तथा स्वास्थमा सहयोग पुग्नेगरी ६० सेट हाईजिन किट वितरण वितरण गरिएको परियोजना सँयोजक केशव मलाशीले जानकारी दिनुभयो।

कार्यक्रमको उदेश्य तथा क्रियाकलाप कार्यान्वयन बारे जानकारी गराउने क्रममा परियोजना सँयोजक मलाशीले दोधारा चाँदनी नगरपालिका वडा नं १० मा बाढी प्रभावित घरधुरीका लागि खाध बस्तु भौचर, बाढी प्रभावित घरधुरीका लागि कृषि सरसामग्री भौचर, खानेपानी तथा शौचालय मर्मत सम्भार, नल्का निसक्रमिकरण, हाईजिन किट र डिग्नीटी किट वितरण, बाढीबाट प्रभावित घरधुरीहरुलाई स्वास्थ, सरसफाई, स्वच्छता सँगै मनोपरामर्श र लैगिँक हिँसा रोकथामका लागि समुदायस्तरको सचेतीकरण तथा अभिमुखीकरण नगरपालिकासँग समन्वयगरी सञ्चालन भईरहेको कुरा बताउनुभयो।

कार्यक्रमका मन्तव्यको क्रममा नगरप्रमुख बीर बहादुर सुनारले बाढीका कारण पुर्ण रुपमा डुबान भई अन्नबाली तथा गैर खाध बस्तु क्षति भएको कारण स्थानिय सरकारले सहयोग आहवान भएकोमा निड्स नेपालले प्रभावित समुदायलाई तत्काल अवस्थामा खाध वस्तु उपलब्ध गराउन भौचर कार्ड, सरसफाई सामग्री सहयोग लगायत खानेपानी तथा शौचालय मर्मत सम्भार, नल्का निसक्रमिकरण लगायतका जरुरी क्रियाकलाप कार्यान्वयन गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्दे बाढी प्रभावित समुदायको दिगो व्यवस्थापन सम्बोधनका लागि नेपाल सरकारसँग नगरपालिकाले समन्वय गरिरहेको कुरा जानकारी दिनुभयो।

कार्यक्रम निड्स नेपालका अध्यक्ष अञ्जु जोशी भट्टको अध्यक्षतामा दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख बीरबहादुर सुनार, वडा नं १० का कार्यबाहक अध्यक्ष उर्मिला दमाई, स्थानिय विपद व्यवस्थापन समिती कुतियाकभरका अध्यक्ष टेक बहादुर सुनार लगायत निड्स नेपालका प्रयाग राज रेग्मी, ईश्वर उपाध्याय, गणेश भुल, सुनिल सेठी, दिपेन्द्र चौधरी लगायत प्रभावित समुदायसँगै सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो।

ताजा समाचार