बाढी प्रभावित परिवारलाई आपतकालिन सामग्री सहयोग

महेन्द्रनगर। दोधारा चाँदनी नगरपालिकाको समन्वयमा युकेएड सँगै START Network को सहयोगमा केएर नेपाल, प्लान इन्टरनेशनल नेपाल र निड्स नेपालद्वारा बाढीबाट बढी प्रभावित परिवारलाई आपतकालिन सामग्री सहयोगका रुपमा हाईजिन किट वितरण, गर्भवती तथा सुत्केरी आमाहरुका लागि रु २००० बराबरको पोषणयुक्त भौचर कार्ड वितरण तथा १००० दिने आमाहरुका लागि महिला सम्मानजनक डिगनिटी किट वितरण कार्यक्रम आज मिती २०७८ साल मसिंर २१ गतेका दिन एक कार्यक्रमका बिच सम्पन्न भएको छ।

मिति २०७८ साल असोज ३१ गते देखि कार्तिक ३ गते सम्म अविरल वर्षाका कारण कार्तिक २ गते आएको भीषण वाढी कारण यस कञ्चनपुर जिल्लाको सबैभन्दा बढी प्रभावीत दोधारा चादनी नगरपालिका वडा नं १० स्थित कुतियाकभर, १८ नं पिल्लर, बैदीफाटा, खल्ला, निशानी टोल, शाँित टोल तथा सुर्खेती टोलका २० जना गर्भवती तथा सुत्केरी महिलाहरुलाई पोषणयुक्त खाधान्न कार्यक्रमबाट बाट सहयोग पुग्ने उदेश्यका साथ प्रति व्याक्ति बराबर रु २००० बराबरको पोषणयुक्त खाध सहायता भौचर वितरण सँगै सो समुदायका १००० दिने ७२ जना आमाहरुका लागि प्रति जना रु ३८७३ रुपिया बराबरको महिला सम्मानजनक डिगिनिटी किट वितरण गरिएको परियोजना सँयोजक केशव मलाशीले जानकारी दिनुभयो।

साथै दोधारा चादनी नगरपालिका वडा नं १० स्थित निशानी टोल र गुरुङ्घ टोलमा २८ घरधुरीमा प्रति घरधुरी रु ३२१५ बराबरको सरसफाई सामग्री हाईजिन किट वितरण गरी बाढीबाट प्रभावित समुदायको स्वास्थ तथा सरसफाई क्षेत्रमा सहयोग पुरयाईएको कुरा सँयोजक मलाशीद्धारा व्यक्त गर्नुभयो।

कार्यक्रम निड्स नेपालका कोषाध्यष रविन्द्र प्रसाद देवकोटा , वडा नं १० का कार्यबाहक अध्यक्ष डबल धामी, वडा सदस्य उर्मिला दमाई, निड्स नेपालका गणेश भुल, गौरी विष्ट, बर्खा साउद , दिपेन्द्र चौधरी लगायत प्रभावित समुदायसँगै सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो।

ताजा समाचार