नेविसंघ नेता बमद्धारा जन्मदिनको अवसरमा वृद्धाश्रममा सहयोग

महेन्द्रनगर । नेपाल विद्यार्थी संघ कञ्चनपुरका नेता तथा नेपाली काँग्रेस भीमदत्त नगरपालिकाका नगर सदस्य उपेन्द्र बमले आफ्नो जन्मदिनको अवसरमा वृद्धाश्रममा खाद्यान्न तथा फलफुल वितरण गरेका छन् ।

आइतबार जिल्लाको बेदकोट नगरपालिका–७,८ रौटेला स्थित बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रका बृद्धवृद्धालाई नेता बमले खाद्यान्न सामाग्री तथा फलफुल र मिठाई वितरण गरेका हुन् ।

होटलमा गएर जन्मदिन मनाउनु भन्दा असाय वृद्धवृद्धालाई सक्दो सहयोग गरेको नेता बमले बताए । ‘पछिल्लो समय महङगो होटलमा गएर जन्मदिन मनाउने परिपाटी छ ।’ नेता बलमे भने ‘समाजमा नयाँ संस्कारको विकास गर्न मैले यहाँका वृद्धवृद्धालाई सक्दो सहयोग गरेको हु ।’

समाजसेवी बम निरन्तर यस्ता समाजिक कार्य गर्दै आएका छन् ।

ताजा समाचार