धनगढीमा २ माेटरसाइकल एक आपसमा ठाेक्किँदा १ जनाकाे मृत्यु

धनगढी । कैलालीको धनगढीमा माेटरसाइकल एक आपसमा ठाेक्किँदा एक जनाकाे मृत्यु भएकाे छ भने एक गम्भीर घाइते भएका छन् ।

अत्तरिया माेहना पुल नजिक ६ लेन सडकमा शनिबार सु.प.प्र. ०१० प ५८१५ र से. ५ प. ७१९ नम्बरको माेटरसाइकल ठाेक्किएर दुर्घटनामा भएकाे थियो। घटनामा गाेदावरी नगरपालिका-०१ का १८ वर्षीय गणेश बलायरकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाका अनुसार मोटरसाइकल ठोक्किएर गम्भीर घाइते भएका बलायरलाई अस्पताल ल्याउने क्रममा मृत्यु भएकाे हो। धनगढी उप-महानगरपालिकाका १९ वर्षीय अमनजंग ठकुरी गम्भीर घाइते छन् । उनकाे धनगढीकाे माया मेट्राे अस्पतालमा उपचार भइरहेकाे छ ।

ताजा समाचार