बेलौरी प्रहरीद्धारा झन्डै ६५ हजार मुल्य बराबरका अवैध कुखुरा बरामद गरि नष्ट

महेन्द्रनगर । ईलाका प्रहरी कार्यालय बेलौरीले झन्डै ६५ हजार मुल्य बराबरका अवैध ब्रोइलर कुखुरा बरामद गरि नष्ट गरिएको छ ।

शनिबार राती १२ बजे बेलौरी प्रहरी प्रमुख एवम् प्रहरी निरिक्षक कमल खड्का कमाण्डको प्रहरी टोलीले कञ्चनपुरको बेलौरी नगरपालिका–२ दिनापुर बाट नम्बर प्लेट नभएको मोटरसाइकलमा भारतबाट ल्याइएका प्रतिबन्धित अन्दाजी ६२ हजार ५ सय मुल्य बराबरका ८१ गोटा ब्रोइलर कुखुरा बेवारीसे अवस्थामा फेला पारि नष्ट गरिएको ईलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

बेवारिसे अवस्थामा बरामद गरिएका ८१ गोटा ब्रोइलर कुखुरा उद्योग वाणिज्य संघ बेलौरीका अध्यक्ष,पशु क्वारेन्टाइन बेलौरीका प्रतिनिधि,स्थानिय जनप्रतिनिधि,पत्रकार लगाएत स्थानियको रोहवरमा खाडलमा पुरी नष्ट गरिएको प्रहरी निरिक्षक खड्काले बताए ।

‘७ गते हामीले फेला पारेका कुखुरा उद्योग वाणिज्य संघ,पशु क्वारेन्टाइनका प्रतिनिधि तथा पत्रकार लगाएको रोहवरमा नष्ट गरिएको छ ।’ प्रहरी निरिक्षक खड्काले भने ‘ साथै बरामदी मोटरसाइकल आवश्यक कारर्वाहीका लागि भन्सार कार्यालयलाई बुझाउने कार्य भइरहेको छ ।’

ताजा समाचार