बैतडी टिप्पर दुर्घटनाः फरार चालक प्रहरी नियन्त्रणमा

महेन्द्रनगर । सोमबार बैतडीको पाटन नगरपालिका–३ झालीमालीमा भएको टिप्पर दुर्घटना पछि फरार रहेका सवारी चालक पक्राउ परेका छन् ।

दुर्घटना पछि फरार भएका जिल्लाको पाटन नगरापलिका–६ का टिप्पर चालक ३० वर्षिय रमेश विष्ट प्रहरी नियन्त्ररणमा रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवत्ता एवम् प्रहरी निरिक्षक दर्शन खड्काले बताए ।

‘सोमबार भएको टिप्पर दुर्घटनाका फरार चालक हाल प्रहरी नियन्त्रणमा रहेका छन् ।’ प्रहरी निरिक्षक खड्काले भने ‘दुर्घटनामा परि गम्भिर घाइते भएका २० वर्षिय सन्दिप विष्टको धनगढी स्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ । र बाकीँको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।’

गाडी ब्याक गर्दा भएको दुर्घटनामा परि पाटन नगरपालिका–३ का ४५ वर्षिय जनकराज पन्त,१२ वर्षिय ज्ञानु विष्ट,१२ वर्षिय राजेश प्रसाद पन्त र १७ वर्षिय ललित अवस्थीको मृत्यु भएको थियो ।

ताजा समाचार