कञ्चनपुरमा खैरो हेरोईन सहित २ जना प्रकाउ

महेन्द्रनगर । कञ्चनपुरमा खैरो हेरोईन सहित २ जना प्रकाउ परेका छन् ।

विहिबार ईलाका प्रहरी कार्यालय बेलौरीको प्रहरी टोलीले जिल्लाको बेलौरी नगरपालिका–६ रिछाहबाट ४.११ ग्राम खैरो हेरोईन सहित २ जना युवालाई प्रकाउ गरेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख एवम् प्रहरी निरिक्षक कमल खड्काले बताए ।

प्रकाउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–२ बस्ने २६ वर्षिय दिपक विष्ट र ३१ वर्षिय गोपी विक रहेका छन् ।

‘शंका लागेर चेकजाँच गर्दा गोपी विकको मुख भित्र २ वटा सेतो पलाष्टिकमा लुकाई छिपाई गरि राखेको अवस्थामा ४.११ ग्राम खैरो हेरोईन फेला परेको छ ।’ प्रहरी निरिक्षक खड्काले भने ‘ हाल उनिहरुमाथी थप अनुसन्धान भइरहेको छ ।’

No description available.

ताजा समाचार