लिभरपुल बन्यो प्रिमियर लिगको बिजेता

लिभरपुलले चेल्सीलाई आइतबार राति नाटकीय रूपमा टाइब्रेकरमा पराजित गर्दै लिगकपको उपाधि जितेको छ ।

वेम्बलीमा भएको फाइनलमा निर्धारित र अतिरिक्त गरी १२० मिनेट कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जहाँ लिभरपुलले चेल्सीलाई ११-१० ले हरायो । दुवै टोलीका ११-११ खेलाडीले पेनाल्टी प्रहार गर्दा चेल्सीका गोलकिपर केपा एरिजाबालागा निर्णायक पेनाल्टीमा चुके । उनको प्रहार पोष्टमाथिबाट बाहिरिएको थियो ।

त्यसअघि लिभरपुलका दोस्रो रोजाईँका गोलकिपर कोइमहिम केलेहरले गोल गरेका थिए । त्यसपछि आएका केपा चुक्दा चेल्सी पराजित भयो ।

पेनाल्टी विशेषज्ञकै रुपमा केपालाई अतिरिक्त समयको पनि अन्तिम समयमा एडुवार्डो मेन्डीको स्थानमा मैदानमा पठाइएको थियो । तर उनले न कुनै पेनाल्टी रोक्न सके, न आफूले गोल गर्न सके ।

लिभरपुल सर्वाधिक ९ पटक लिग कपको उपाधि जितेको हो । उसले गत सिजन उपाधि जितेको म्यानचेष्टर सिटी भन्दा एक उपाधि बढी जितेको छ ।

ताजा समाचार