कैलालीमा श्रीमान-श्रीमती मृत फेला

महेन्द्रनगर । कैलालीमा मंगलबार बिहान श्रीमान-श्रीमती मृत अवस्थामा फेला परेका छन् । अत्तरिया नजिक पर्ने गोदावरी नगरपालिका -७ हरैयामा बस्ने ६५ वर्षीय हेम बाहादुर ऐर र उनकी श्रीमती ५४ वर्षीया पदमा ऐर मृत फेला परेका छन् ।

श्रीमान घर बाहिर रुखमा झन्डिएको अवस्थामा र उनकी श्रीमती घर भित्रै बिस्तारमा धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा भेटिएको कैलालीका जिल्ला प्रवक्ता प्रहरीले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार शव परीक्षणका लागी कैलालीको सेति अस्पतालमा राखिएको छ ।

ताजा समाचार