बेलौरीमा पुर्जा जग्गा जोत्न खोज्दा भारतिय एसएसपीद्वारा अवरोध

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका १० सडकघाटमा नेपाली किसानले लालपुर्जा भएको आफनै जमिनमा ट्याक्टर लगेर खेत जोत्दा भारतिय एसएसपीले रोक लगाए पछि बेलौरी नगरपालिका १० का वडाअध्यक्ष हरिलाल चैेधरीले एसएसपीलाई फर्काएको छ ।

भारतीय एसएसबीले गुगल अनुसार उक्त जमिन भारतमा पर्ने भएकाले यहाँ जोत्न पाईदैन भन्दै वषौँदेखि खेतीपाती गर्दै आएको जमिन जोत्नबाट रोकेको चौधरीले बताए ।

‘यो हाम्रो लालपुर्जावाला जमिन हो, ०५६ सालमा सरकारले लालपुर्जा दियो, कर पनि तिरिरहेका छौँ, ‘उनले भने, ‘एक्कासी एसएसबी आएर खेत जोत्नबाट रोक्न थाले यो त अच्चमै भयो नि आफै लालपुर्जावाला जमिन खनजोतमा पनि भारतीय एसएसबीको अवरोध भयो ।

’बेलौरी नगरपालिका १० का वडाध्यक्ष सोमलाल चौधरीले नेपाल लालपुर्जाधारी जमिनमा भारतीय हस्तक्षेप रोक्नका लागिप्रशासनिक पहल हुनुपर्ने बताए । ‘जसरी भारतीय पक्षले आफ्नो जमिनका लागि अडान राख्छन, त्यसरी नै नेपाली पक्षले पनि अडान राख्नुपर्छ, ‘वडाध्यक्ष चौधरीले भने, ‘वषौँदेखि भोकचलन गर्दै आएको नेपाली पुर्जावाला जमिनमा भारतीय पक्षबाट हस्तक्षेप गरियो ।

’सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक अमर बहादुर ऐरले उक्त समस्या बारे शुक्रबार भारतको कमलापुरीमा हुने दुई देशीय संयुक्त सीमा सुरक्षा बलको बैठकमा उठाएर समस्या समाधान गरिने बताए ।

‘यो समस्या बारे मैले एकीन बुझ्न पठाएको छु, ‘सशस्त्र प्रहरी उपरीक्षक ऐरले भने, ‘जसरी दुई देशका नागरिकले सीमा विवाद नहुँदासम्म उपभोग गर्दै आएका छन, त्यो उताबाट समेत गर्न दिनुपर्छ, हस्तक्षेप गर्नु हुँदैन ’ भनि बताएका छन् ।

ताजा समाचार