पेट्रोलको मुल्य घटेसगै, घट्यो गाडी भाडा


महेन्द्रनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य लिटरमा १० रुपैयाँका दरले घटाएसंगै यातायात व्यवस्था बिभागले अन्तप्रदेश चल्ने सार्वजनिक सवारी साधानको भाडा घटाएको छ ।

यात्रु बाहक सवारीमा २ प्रतिशत भाडादर पनि घटेको छ । पहाडी बाटो सञ्चालन हुने यात्रुबाहेक सवारीको भाडा २ प्रतिशत तराईका बाटोमा सञ्चालन हुनको २.६ प्रतिशत भाडा घटेको छ ।

सरकारले सार्वजनिक सवारीको भाडा दर स्वचालित आधारमा गर्ने गरी व्यवस्था गरेको छ । नेपाल राष्ट्रय यातायात व्यवसायि महासंघका महासचिव सरोज सिटौला स्वालित भाडादरले यात्रु र व्यवसायि कसैलाई पनि मर्का नपर्ने अवस्था आएको बताए ।

ताजा समाचार