भीमदत्तमा ७५ वर्ष माथीका जेष्ठ नागरिकहरुको प्रत्यक महिना घरमै गएर निशुल्क स्वास्थ्य परिक्षण गरिने

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले नगर कार्यपालिका बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । बुधबार नगरपालिकाले पत्रकार सम्मेलन गरि पहिलो र दोस्रो नगर कार्यपालिकाका निर्णय सार्वजनिक गरेको हो । कार्यपालिका बैठकले नगरपालिका क्षेत्रभित्रका ७५ वर्ष माथीका वृद्धवृद्धाहरुको प्रत्यक महिना घरमै गएर निशुल्क स्वास्थ्य परिक्षण सेवा उपलब्ध गराउने निर्णय गरेको छ ।

जेठ २० गते बसेको नगर कार्यपालिका बैठकले ७५ वर्ष माथीका जेष्ठ नागरिकहरुको घरदैलोमा गएर स्वास्थ्य केन्द्रहरु मार्फत मासिक रुपमा स्वास्थ्य परिक्षण उपलब्ध गराउने निर्णय गरिएको नगर प्रवक्ता महेन्द्र खड्काले बताए । यस्तै नगरपालिका क्षेत्रभित्रका गर्भवती महिलाहरुको स्वास्थ्य सेवामा सहज पहुच पु¥याउन र घरमै प्रसुती गराउने कार्यलाई शुन्यमा पु¥याउन नगरपालिका भित्रका प्रसुती सेवा केन्द्र वा महाकाली प्रादेशिक अस्पताल सम्म निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने,नगर क्षेत्रभित्रका विपन्न विद्यार्थीहरुको उच्च शिक्षामा पहुच बढाउन कार्यविधि बनाई कार्यान्वयन गर्ने कार्यपालिका बैठकले निर्णय गरेको छ ।

‘गर्भवती महिलाको स्वास्थ्य सेवामा सहज पहुच पु¥याउन नगरपालिका भित्रका प्रसुती सेजा केन्द्र वा महाकाली प्रादेशिक अस्पताल सम्म निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरिएको छ ।’ नगर प्रवक्ता खड्काले भने ‘त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्छौ ।’

यस्तै नगरपालिकाको समग्र विकासका लागि नगरपालिकामा शिक्षा, स्वास्थ्य, कृषि, पशुसेवा, सहकारी, फोहरमैला व्यवस्थापन, राजस्व तथा कर संकलन, बन तथा भूसंरक्षण, सामाजिक तथा सांस्कृतिक विकास, जनशक्ति व्यवस्थापन,कानुनी परामर्श लगाएतका आवश्यक पर्ने विषय विज्ञहरुको सूची (रोष्टर) तयार गर्ने,दुव्र्यसनी मुक्त नगरपालिका बनाउन सम्वद्ध क्षेत्रमा कार्यरत संघसंस्थाहरुको समन्वयमा अभियानका रुपमा कार्यक्रम सञ्चालन गर्ने,नगरपालकाको चालु आर्थिक वर्षको हालसम्मको वित्तिय तथा भौतिक प्रगतिको जानकारी प्राप्त भई चालु आ.व.मा सम्पादन हुन नसकेका योजना तथा कार्यक्रम यथावत समयमा सम्पन्न गर्न र आगामी आर्थिक वर्षको निति,योजना तथा कार्यक्रम तयार गर्ने कार्यपालिका बैठकले निर्णय गरेको नगर प्रवक्ता खड्काले बताए ।

उनकाअनुसार नगरपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन र सुशासनमा विषेश जोडदिन नगरपालिकाका पदाधिकारी तथा कर्मचारीहरुलाई निर्देशन दिने,फोहरमैला व्यवस्थापन गर्न एकिकृत फोहोरमैला विसर्जन केन्द्र निर्माणका लागि विस्तृत अध्ययन गरि कार्यान्वयन गर्न विज्ञ सहितको कार्यदल गठन गर्ने जिम्मेवारी नगर प्रमुखलाई प्रदान गर्ने लगाएतका निर्णय गरिएको छ ।

ताजा समाचार