कृष्णपुर नगरपालिकाले गर्भवती महिला र रेफर भएका विरामीका लागि एम्बुलेन्स सेवा निशुल्क गर्ने

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले गर्भवती महिला र रेफर भएका असक्त विरामीहरुलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको छ ।

नगरपालिकाको पहिलो नगर कार्यपालिका बैठकले नगरभित्रका गर्भवती महिला र नगरक्षेत्रका स्वास्थ्य संस्थाबाट रेफर भएका असक्त विरामीलाई कैलालीको धनगढी र सदरमुकाम महेन्द्रनगर सम्म पु¥याउन निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको नगर प्रमुख हेमराज ओझाले बताए ।

‘नगर भित्रका गर्भवती महिलाहरु र नगरक्षेत्रका स्वास्थ्य संस्था बाट रेफर भएका असक्त विरामीहरुलाई धनगढी र महेन्द्रनरका अस्पताल सम्म पु¥याउन निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउछौँ ।’ नगर प्रमुख ओझाले भने ।

यस्तै नगरवासीलाई निशुल्क स्वास्थ्य सेवा समेत उपलब्ध गराउने मेयर ओझाले बताए ।

‘नगरपालिका मातहत संञ्चालित स्वास्थ्य संस्थाले विरामीहरुबाट हालसम्म लिदैँ आएका सम्पूर्ण शुल्क अब लिइदैन ।’ उनले भने ‘नगरवासीलाई नगरभित्रका स्वास्थ्य संस्थामा निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउछौँ ।’

यस्तै नगर कार्यपालिका बैठकले राना,डगौँरा,थारु समुदायमा प्रचलनमा रहेको भलमन्सा,वडघर र चाकर प्रथालाई कानुनी मान्यता दिने,दलित,अल्पसंख्यक,अपाङग समुदायका विद्यार्थीहरुलाई कक्षा १० सम्मको शिक्षा निशुल्क गरिने,भूमिहिन सुकुम्बासीलाई यथाशिघ्र जग्गाधनी प्रमाण पूर्जा वितरण गर्ने लगाएतका निर्णय गरेको छ ।

ताजा समाचार