भीमदत्त नगरको नगर सभा अधिवेशन शुरु

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको नगर सभा अधिवेशन शुरु भएको छ । नगर प्रमुख पदम बोगटीको अध्यक्षतामा बसेको पहिलो नगर सभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० को निति,कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ ।

मंगलबार बाट शुरु भएको नगर सभाको पहिलो बैठकमा भीमदत्त नगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/०८० को निति,कार्यक्रम तथा बजेट प्रस्तुत ,आर्थिक विधेयक २०७९ र विनियोजन विधेयक २०७९ पेश गरिएको नगर प्रवत्ता महेन्द्र खड्काले बताए ।

‘आज नगर सभाको पहिलो बैठकमा आर्थिक वर्ष ०७९/०८० को निति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ ।’ उनले भने ‘ यस्तै बैठकमा आर्थिक विधेयक २०७९ र विनियोजन विधेयक २०७९ पेश गरिएको छ ।’

उनले अगाडी थपे ‘आज प्रस्तुत गरिएको निति तथा कार्यक्रम र पेश गरिएको विधेयकको अध्ययन तथा संशोधन गरि आगामी १० गते बस्ने दोस्रो नगर सभा बैठकबाट पारित गरिने छ ।’

ताजा समाचार