कञ्चनपुरमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

महेन्द्रनगर। कञ्चनपुरको वेदकोट नगरपालिका–७ स्थित पूर्वपश्चिम राजमार्ग ९ डाउना होटल नजिक० बसको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ ।

बुधवार बिहान महेन्द्रनगरबाट धनगढीतर्फ जादै गरेको ना४ख८०७५ नम्बरको बसको ठक्करबाट साइकल यात्री वेदकोट नगरपालिका–७ की २८ वर्षीया बिमला जोशीको मृत्यु भएको हो ।

सडक पार गर्दै गर्दा जोशीलाई बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । भीमदत्त नगरपालिकाको बनगाउँ बस्ने ३४ वर्षीय बस चालक राजेन्द्रप्रसाद जोशीलाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक उमेश चन्दले जानकारी दिएका छन् ।

ताजा समाचार