एनएनएसडब्लुएद्धारा विपद् जोखिम क्षेत्रका युवलाई आधारभुत मानविय मापदण्ड सम्बन्धि तालिम

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित विपद् जोखिम क्षेत्रका युवायुवतीहरुलाई नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले आधारभुत मानविय मापदण्ड सम्बन्धि तालिम दिएको छ ।

भीमदत्त नगरपालिकाको सहयोगमा एनएनएसडब्लुएद्धारा आयोजित आधारभुत मानविय मापदण्ड सम्बन्धि दुईदिने तालिम शनिबार सम्पन्न भएको हो । एनएनएसडब्लुएका अनुसार विपद जोखिम क्षेत्र भीमदत्त नगरपालिका वडा नम्बर ४,१८,९,१०,११,१२,१३ र १४ का युवायुवतीहरुलाई तालिममा सहभागि गराइएको थियो ।

तालिममा नगरका विपद् जोखिम क्षेत्रका युवायुवतीहरुलाई विपद्को पूर्व तयारी,विपद्को समयका के गर्ने ?,विपद्पछिको व्यवस्थापनका चरण,आधारभुत मानविय मापदण्डको ढाँचा,विपद् व्यवस्थापन सम्बन्धि सरकार तथा अन्य संघ संस्थाका निति लगाएतको बारेमा जनाकारी दिइएको एनएनएसडब्लुएका कार्यक्रम अधिकृत प्रभुनिधि पन्तले बताए ।

‘केही दिनमा मनसुन शुरु हुन्छ ।’ उनले भने ‘विगतमापनि भीमदत्त नगरपालिका–४,११,९,१०,१२,१३,१४ नम्बरमा बाढीले क्षति पु¥याएको थियो । सो कुरालाई मध्यनजर गर्दै विपद् बाट बच्न विपद् जोखिम क्षेत्रका युवायुवतीलाई आधारभुत मानविय मापदण्ड सम्बन्धि तालिम दिइएको हो ।’

आधारभुत मानविय मापदण्ड सम्बन्धि दुईदिने तालिम समापन कार्यक्रमका प्रमुख अतिथि भीमदत्त नगरपाकिला–११ का वडाध्यक्ष एवम् भीमदत्त नगरपालिका विपद् व्यवस्थापन समितिका संयोजक प्रकाश थापाले तालिममा सहभागिलाई तालिममा सिकेका कुरा व्यवहारमा समेत लागु गर्न आग्रह गरे ।

यस्तै उनले विपद् व्यवस्थापकालागि भीमदत्त नगरपालिकाले सबैसंग सहकार्य गर्ने समेत बताए । ‘विपद् व्यवस्थापनका लागि भीमदत्त नगरपालिका यहाँहरुसंग सहकार्य गर्ने छ ।’ उनले भने ‘तपाईहरुले तालिममा सिक्नु भएका कुरा विपद्को समयमा व्यवहारमा समेत लागु गर्नुहोला ।’

एनएनएसडब्लुएका संयोजक अशोक विक्रम जैरुको अध्यक्षतामा सम्पन्न उक्त तालिमको समापन कार्यक्रममा भीमदत्त नगरपालिका–१८ का वडा सदस्य हेम बहादुर बस्नेत, नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरका प्रमुख मनोज उप्रेती,पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

ताजा समाचार