कैलालीकी एक महिलाले कान्द्रा नदीमा हाम फालिन् 

महेन्द्रनगर । आइतबार साँझ ७ बजेर ४० मिनेटको समयमा भजनी नगरपालिका-५ की ४० वर्षीया रीमा डगौराले लालबोझीस्थित कान्द्रा नदीमा हाम फालेकी प्रहरीले बताएका छन ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनी नदीमा हाम फालेर बेपत्ता भएकी भन्दै उनका आफन्तले प्रहरीमा खबर गरेका थिए । डगौराको खोजी कार्य भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिएका छन् ।

ताजा समाचार